2026-08-31 10:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८० श्यया थपिने

भदौ ३०, चितवन । बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यया थप गरिने भएको छ । 

विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ श्यया सञ्चालनमा रहेको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्ययाको अभावमा फर्कनुपरेको छ । शुरुमा चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो । हाल श्यया थपका लागि नेपाल सरकारको रु ६० करोडको लागतमा आधुनिक अस्पताल भवन बन्दैछ । सोही भवनमा थप २०० श्यया अस्पताल सञ्चालन गर्ने लक्ष्य राखिएको छ । 

सो भवनको निर्माण सम्पन्न भएको भागमा यही असोज १० गतेदेखि थप ८० श्यया सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक आचार्यले बताउनुभयो । 

सोही दिन अस्पतालको १८ औँ वार्षिकोत्सव पर्दछ भने १३ आँै राष्ट्रिय क्यान्सर सतर्कता दिवस पनि पर्दछ । यही अवसरमा पहिलो चरणको श्यया थप गरिन लागेको हो । सरकारले भवन निर्माण गरिदिएको भए पनि जनशक्ति भने आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न लागिएको आचार्यले बताउनुभयो । 

यस अस्पतालमा वर्षेनी उपचारका लागि आउने बिरामीको संख्या बढ्दो छ । सन् २०१६ मा एकलाख २१ हजार १३५ जनाले अस्पतालबाट बहिरंग सेवा लिएका थिए, जसमध्ये चार हजार ७७५ क्यान्सरका बिरामी रहेको अस्पतालले जनाएको छ । 

सन् २०१५ मा चार हजार ५८१ क्यान्सरकासहित एकलाख १३ हजार ७९९ र सन् २०१४ मा चार हजार ४०१ क्यान्सरकासहित एक लाख १२ हजार ४७६ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । 

सन् २०१६ को तथ्याँकअनुसार नयाँ थपिएका क्यान्सरका बिरामीमा सबैभन्दा बढी पाठेघरका ६०५, दोस्रोमा फोक्सोका ५९२ र तेस्रोमा स्तनका ४६८ जना रहेका छन् । 

अस्पतालले एक वर्षपछि मात्र तथ्याँक संकलन गरी अन्तिम रुप दिने भएकाले सन २०१६ को तथ्याँक हाल सार्वजनिक गरिएको हो । यो अस्पतालमा नेपालका ७५ जिल्ला र भारतबाट पनि उपचारका लागि आउने गर्दछन् । 

सन् २०१६ को तथ्याँकअनुसार सबैभन्दा कम रसुवाका एक जनाले उपचार सेवा लिएका छन् भने सबैभन्दा बढी चितवनका चार हजार ६६१ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस वर्ष भारतबाट आएका ५४८ जनाले उपचार सेवा लिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने