By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    9 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    9 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    12 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘सगरमाथा चढ्नेहरु अब यसरि निगरानीमा पर्दैछन’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘सगरमाथा चढ्नेहरु अब यसरि निगरानीमा पर्दैछन’
काठमाडौँ - KTMसमाज

‘सगरमाथा चढ्नेहरु अब यसरि निगरानीमा पर्दैछन’

साझासवाल
Last updated: March 25, 2017 10:16 am
साझासवाल
5 Min Read
Share


चैत १२, काठमाडौँ । सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्याकिङ (निगरानी) गर्ने भएको छ । 

यसअघि विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले सरोकारवाला निकायसँग छलफल गरी जिपिएस प्रणाली सुरु गर्न लागेको हो । 

अघिल्लो वर्ष भारतीय एक दम्पतीले सगरमाथा चढेको भनेर नक्कली फोटो पेस गरेपछि विवादमा आएको थियो । अघिल्ला आरोहणमा कतिपय मुलुकका आरोहीले यस्ता विवरण पेस गरेको हुनसक्ने अनुमान गरिएको छ । त्यसो त, यसअघि पनि अप्रेटरहरुले जिपिएस प्रणाली लागू गरेका थिए तर यो प्रणाली लागू गरे पनि नगरे पनि विभागले वास्ता गरेका थिएन । अब भने विभागले जिपिएस प्रणालीलाई अनिवार्य गर्न लागेको छ । पाँच वर्षयता कतिपय अप्रेटरले यो प्रणाली प्रयोग गर्दै आएका थिए । 

सुरुमा परीक्षणका लागि प्रयोग गर्ने र सरोकारवालासँग छलफल गरी उपयुक्त मानिएमा अर्को सिजनबाट सबै आरोहीलाई अनिवार्य रुपमा निगरानी गर्ने योजना बनाइएको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले राससलाई जानकारी दिनुभयो । 

उहाँकाअनुसार, सगरमाथा आरोहणको यो मौसम स्प्रिङ (वसन्त ऋतु) मा कतिपय आरोही दलमा यो प्रणाली परीक्षणका रुपमा प्रयोग गरिनेछ । 

“पहिला अप्रेटरले अलिअलि प्रयोग गरेका थिए, तर यसका मोडेल फरक भएकाले सामान्यखालका मात्र प्रयोगमा थिए, अब यो जिपिएस डिभाइस आरोहीले खल्तीमा लिएर जान्छन् र आरोहणबाट फर्केपछि आरोहण प्रतिवेदनसँगै यो डिभाइस बुझाउनुपर्छ, त्यसपछि विभागले मेसिनमा अध्ययन गरी आरोहण टोली नेताको प्रतिवेदनअनुरुप मेसिनले देखाएमा मात्र आधिकारिक हुन्छ” – उहाँले भन्नुभयो । 

समान्यतः यस्ता डिभाइसको रु ३० हजार र रिडरको रु ६० हजार पर्छ । यो डिभाइसले आरोहीले कुन रुट प्रयोग गरेको छ, कति उचाइमा पुगे र कतिदिनमा आरोहण गरेर फर्किए भन्ने सबै विवरण राख्ने भएकाले यसबाट आधिकारिकता प्रदान गर्न विभागलाई सजिलो हुनुका साथै आरोहण सुरक्षाको सुनिश्चितता हुने विभागको बुझाइ छ । 

निमित्त निर्देशक ढकालले यस्तो प्रविधि अन्य विकसित देशहरुले पहिलादेखि नै प्रयोग गर्दै आएको र पर्यटन व्यवसायलाई विश्व्यापी रुपमा एकरुपतामा ल्याउन तथा गलत प्रवृत्तिलाई रोक्न यो प्रणालीको आवश्यकता देखिएको बताउनुभयो । 

जिपिएस निगरानी प्रणालीका लागि एउटा मोबाइल आकारको डिभाइस हुन्छ जसलाई आरोही स्वयम्ले बोकेर लैजानुपर्छ । पर्यटन विभागले उक्त डिभाइसमा आरोहीको नाम, ठेगानालगायतका सम्पूर्ण विवरण भरेर आरोहीलाई दिन्छ । आरोहण सकिएपछि डिभाइस आरोहीले विभागलाई फिर्ता गर्नुपर्छ जसलाई अर्को छुट्टै मेसिनले रिड गरिन्छ । त्यसमा आरोहीले के गर्दैछ, कुन दिशाबाट आरोहण गरेको, कति उचाइमा पुगेको लगायतका विस्तृत विवरण रेकर्ड भएको हुन्छ । त्यसका आधारमा आरोहण सफल भए नभएको पत्ता लगाउन सकिन्छ । 

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पाले विगत पाँच वर्षदेखि अप्रेटरले जिपिएस प्रणाली चलाएको भए पनि प्रभावकारी नहुँदा अहिले पर्यटन विभागले अनिवार्य गर्न लागेको बताउनुभयो । 

यो प्रणालीले आरोहण क्षेत्रलाई सुरक्षित बनाउनुका साथै कुनै पनि घटना र विपत्को खण्डमा तत्कालै उद्धार गर्न सकिने उहाँले बताउनुभयो । 

अध्यक्ष शेर्पाले भन्नुभयो – “आरोहणमा आरोहीले ढाँट्नु हुन्न भन्ने नैतिकता हो तर कतिपयले ढाँट्ने गरेका छन्, कतिपय आरोही एक्लो हुने भएकाले पनि यस्ता घटना हुन्छन् तर जिपिएस लगेपछि कसैले ढाँट्न पाउँदैन ।” 

पहिला अरुले चलाए पनि हुन्थ्यो, नचलाए पनि हुन्थ्यो । यो प्रणालीबाट अब कोही आरोहीले ढाँट्न र झुटो विवरण पेस गर्न पाउँदैन, यसमा जहाँसुकै बसेर कम्प्युटरबाट आरोहीका सबै प्रकारका गतिविधिलाई सहजै निगरानी गर्न सकिन्छ । हिमाल आरोहणका क्रममा आरोही सही दिशामा गएको छ कि छैन या कुनै दुर्घटनामा परेको भए पनि यस यन्त्रमार्फत पत्ता लगाई उद्धार गर्न सहज हुनेछ । 

एनएमएको विवरणअनुसार हालसम्म सात हजार ७०० बढीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । व्यक्तिगत रुपमा मात्रै करिब चार हजारले आरोहण गरेका छन् । 

सबैभन्दा बढी २१ पटक आप्पा र फुर्वा टासी शेर्पाले सगरमाथाको आरोहण गरेका छन् । 

नेपालमा हाल पाँच हजार ८०० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ । भूगर्भविद् स्व डा हर्क गुरुङको अध्ययन प्रतिवेदनअनुसार नौ लाख ५८ हजार मिटर अग्ला १७ हजार ९२ वटा हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमाल आरोहण खोल्न बाँकी छन् । सिबी अधिकारी/रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘हिन्दू राष्ट्र र राजतन्त्र संविधान बिपरित भएकाले हटाइएको हो’
Next Article ठूला परियोजनाको विकास नगरी देशको विकास हुँदैनः नेपाल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

म्याग्दी - MGDसमाज

बिधुत प्रसारण लाइनको निर्माणमा स्थानीयको अवरोध

57 years ago
दाङ्ग - DNGसमाज

स्थानिय तहको पुर्नसंरचना गर्दा राप्तीपारीका ६ गाविसलाई एउटै गाउँपालिका बनाउन माग

57 years ago
कन्चनपुर - KNCसमाज

थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध

57 years ago
समाजसर्लाही - SLH

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?