Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

स्थानिय तहको पुर्नसंरचना गर्दा राप्तीपारीका ६ गाविसलाई एउटै गाउँपालिका बनाउन माग

By kit

सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । स्थानिय तहको पुर्नसंरचना गर्दा देउखुरीको राप्तीपारिका ६ वटै गाविसलाई मिलाएर एउटै गाउँ पालिका बनाउनु पर्ने शनिबार देउखुरीको गढवामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।

नेपाल पिछडा वर्ग महासंघ जिल्ला कार्य समिती दाङको चौथो जिल्ला अबिधेशन उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले यस्तो माग गरेका हुन् । उनीहरुले स्थानिय तहको पुर्न संरचना गर्दा राप्तीपारिका ६ वटा गाविसलाई नटुक्क्राई एउटै गाउँपालिका बनाउन माग गरेका हुन् ।

राप्तीपारिका गोबरडिहा, गंगापरस्पुर, गढवा, बेला, राजपुर र कोईलाबास गाविसलाई मिलाएर गढवा केन्द्र हुने गरी गाउँपालिकाको सिमाङ्कन गर्न समेत माग गरेका छन् ।

उनीहरुले राप्तीपारिका अवाजलाई सम्बन्धीत निकायले सुनबाई नगरी राप्तीपारिका ६ गाविस टुक्राउन खोजे आन्दोलन गर्ने चेतवनी समेत दिएका छन् । राप्तीपारिका गाविसको जवसंख्या, भुगोल र बसोबासलाई अधार मानी एउटै गाउँपालिका नै उपयुक्त हुने बताएका छन् ।

नेपाल पिछडा वर्ग महासंघका जिल्ला अध्यक्ष पुष्पराज यादवको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गदै नेपाल पिछडा वर्ग महासंघका महासंघका केन्द्रिय सदस्य दयाराम यादवले पिछडा वर्गका जातजातिहरुको हक अधिकार सुनिश्चत गर्न राज्यले उनीहरुको आर्थिक, समाजिक विकासका लागि ठोस कार्यक्रम बनाएर सञ्चालन गर्नु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका यादवले जब सम्म पिछडा वर्गका जातिहरुको चेतना र आर्थिक स्तर उठ्दैन तब सम्म हाम्रो विकास नहुने बताए । हामी पिछिडा वर्ग कै बीचमा नै विभिन्न किसिमका आपसी खिचातानी, तछाडमछाड, बिभेद र दलगत प्रयोगको शिकार जब सम्म हुन्छौँ तब सम्म न त हाम्रो पहिचान नै रहन्छ न त अधिकार नै प्राप्त गर्न सक्छौँ, यादवले भने ।

उनले राप्तीपारिका ६ वटा गाविसलाई टुक्राएर गाउँपालिका बनाउन खोजे संर्घष समिती गठन गरेर चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए । त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी यादव समाज सेवा संघका केन्द्रिय अध्यक्ष भगवानदास यादवले पिछडा बर्ग सम्बन्धित सम्पूर्ण जातजातिका संगठनहरु मिलेर पहिचान र अधिकारका लागि निरन्तर संर्घष गर्नु पर्ने बताए ।

एउटा जाति र समुदाय मात्र सचेत भएर हुँदैन त्यसका लागि सबै जात जाति आर्थिक, समाजिक रुपमा सक्षम र सबल हुनु पर्ने बताए । उनले पिछडा वर्गका जातजातिहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सिपमुलक तथा आयआर्जन मूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।

यादवले अहिले सम्मको संघर्षबाट हामीले पाएको हक, अधिकारलाई सहि रुपमा सदुपयोग गदै बार्षिक रुपमा बिनियोजन हुने बजेटलाई समेत सही रुपमा कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।

उनले राप्तीपारिका गाविसलाई टुक्राएर गाउँ पालिका वा नगरपालिका बनाउन खोजे संघर्षको लागि तयारी रहन उपस्थीत सबैलाई आग्रह समेत गरे । त्यस्तै कार्यक्रमका आर्को बिशिष्ट अतिथी फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष एवम् यादव समाज सेवा संघका संस्थापक केन्द्रिय अध्यक्ष बिन्तीराम यादवले यदि गोबरडिहा गाविसलाई लालमटिया र सिसहनियाँमा मिलाउने हो, भने सतबरियाँलाई गढवा गाउँपालिका मिलाउनु पर्ने बताए । उनले अन्यथा जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने बताए । उनले हामीले अधिकार मात्र नभई पहिचान बचाउन तर्फ सबैको ध्यान जानु पर्ने बताए ।

महासंघका दाङ जिल्ला संस्थापक अध्यक्ष तथा तेली कल्याण समाजका अध्यक्ष रामलक्ष्मण शाहको स्वागत तथा बिषय प्रबेश एवम् जिल्ला गतिबिधिबाट शुरु भएको कार्यक्रममा यादव समाज सेवा संघका उपाध्यक्ष डिबी यादव, कसौधन समाज भालुवाङका अध्यक्ष बिनोदकुमार गुप्ता, राजपुर गाविसका कार्यालय सहायक साधराम यादव, निमावि कटबेरुवाका प्रधानध्यापक सन्तराम यादव, पत्रकार सन्तोषकुमार गुप्ता, पिछडा वर्गका समाजिक अगुवा सुबास यादव, हिरालाल यादव, रामसागर लोध र पटवारी यादव लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघकी जिल्ला सदस्य धनकुमारी भरले गरेकी थिईन् ।

यसैबीच महासंघको जिल्ला अधिवेशनको बन्दसत्रले हुकुमराज यादव (गढवा)को अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिती सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा रामसागर लोत, सचिवमा सर्जुप्रसाद यादव, सह—सचिवमा जीवन गुप्ता र कोषाध्यक्षमा धनकुमारी भर रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा हकिकुल्ला रंङ्गरेज, निसाद अहम्मद, गजेन्द्र गुप्ता, साधराम यादव, बिर्जनारायण यादव, हुर्मत कुम्महार, बिना यादव, सिता यादव, सुन्दरी गतरिया र रेणु शाह रहेका छन् ।

त्यसैगरी अधिवेशनले साउन ३२ गते काठमाडौँमा हुन लागेको महासंघको महाधिवेशनका लागि दयाराम यादव, रामलक्ष्मण शाह र मैनावती यादवलाई केन्द्रिय प्रतिनिधिमा समेत सर्वसम्मत चयन गरेको छ । त्यसैगरी महासंघको जिल्ला सल्लाहकारमा दयाराम यादव, पुष्पराज यादव, रामलक्ष्मण शाह, सन्तोषकुमार गुप्ता, भगवानदास यादव, हिरालाल यादव र हुसना बानु नाउँ सर्वसम्मत चयन हुनु भएका छन् ।

अधिवेशनको बन्दसत्रले भदौ महिना भित्र जिल्लाका सबै नगरपालिका र गाविसमा नेपाल पिछडा वर्ग महासंघको ईकाई कमिटी गठन गर्ने, ईकाइ कमिटीहरुलाई थप सक्षम बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, नव गठित जिल्ला समितीका पहिलो बैठकमा युवा विभाग, महिला विभाग, बालबालिका विभाग र विद्यार्थी विभाग लागायतका विभाग गठन गर्ने निर्णय समेत गरेको छ ।