२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध

२०७४, ८ माघ सोमबार ०८:१९

राजेन्द्रप्रसाद पनेरु / माघ ८, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । 

माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् । 

उक्त समुदायले हरेरी, निकासी, देशबन्ध्या, असारी, होरीलगायतका पूजामा निर्दयी तरिकाले सयौँको संख्यामा कुखुरा, बंगुर, भेडा, बाख्रा, हाँसलगायतका पशुपक्षीको बलि दिने परम्परा रहँदैआए पनि त्यसमा विराम लगाउँन बलि दिन निषेध गर्ने निर्णय गरिएको बडघरियाका नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । 

भुइयारीमा थारु समुदायका अठार देवता हुन्छन् उहाँले भन्नुभयो, “सबै देवतामा पशुपक्षी बलि दिने चलन भए पनि अबदेखि ती सबैमा बलि नदिने निर्णय गरेका छौँ ।” पशुपक्षीको सट्टा नरिबल, फलफूललगायतको बलि दिइ प्रसादका रुपमा ग्रहण गर्ने निर्णय समाजको बैठकले सर्वसम्मतिले पारित गरेको उहाँले जानकारी दिनुभयो । थारु समुदायले सामूहिकरुपमा पूजा गर्ने चलन भएको र पूजासम्बन्धी नियम लागू गरिएपछि सबैले मान्ने चलन पनि छ । 

बलि प्रथामा पूर्ण विराम लागेपछि समाजमा हिंसाका घटनामा कमी आई सामाजिक अमनचयनसँगै सद्भाव बढ्ने विश्वास लिएका छौँ गुरुवा फुलराम चौधरीले भन्नुभयो, “हिन्दूधर्मका कुनै पनि ग्रन्थमा मांस भक्षण गर्न बर्जित गरिएकाले यसलाई समाजमा लागू गर्नुपर्ने सबैको दायित्व हो ।” गाउँका सबै जनाले पशुपक्षी बलि दिन नहुनेमा सर्मथनसमेत जनाएका छन् । 

बैठकमै गाउँमा जथाभावी रुपमा प्लाष्टिकको प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ । प्लाष्टिकका कारण कृषिउपजमा कमी आउने र वातावरण दुर्गन्धित हुने भएकाले प्रतिबन्ध लगाइएको हो । 

प्लाष्टिकलाई सबै गाउँका बासिन्दाले संकलन गरी सडकका चोकमा राखिएका कुडा दानीमा राखी निर्धारित क्षेत्रमा लगेर नष्ट गर्ने नियम बनाइएको छ । अन्य कुरीतिकारुपमा रहेका चलनलाई परिमर्जित गर्दै लैजाने बडघरको बैठकका सहभागीले प्रतिबद्धता गरेका छन् । 

वडघरको नेतृत्वमा पाँचौँ पटक नरेन्द्र नै चयन 

माघीको खोजनी बोझनी बैठकले पिपलाडी गाउँको बडघरमा पाँचौँ पटक नरेन्द्रप्रसाद चौधरीलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको छ । चौँथो पटकसम्मको कार्यकालमा सामाजिक तथा सांस्कृतिक विकास र निर्माणमा पु¥याएको योगदानको मूल्यांकन गर्दै बैठकले पाँचौँ कार्यकालका लागि पनि उहाँलाई बडघरका रुपमा चयन गरेको हो । 

गुरुवामा फुलराम चौधरी, केसौकामा ज्ञानला चौधरी र चौकीदारमा पतिराम चौधरी चयन हुनुभएको छ । गाउँको प्रत्येक टोलबाट एक÷एक जना सदस्यका रुपमा चयन भएका छन् । गाउका सम्पूर्ण व्यक्तिको जमातबाट वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा, सामाजिक कार्यको यसै अवसरमा योजाना समेत बनाइएको छ । विगतका वर्षको योजनाको समीक्षा गरिएको छ । गाउँमा आउने रोगब्याधि, दैवि प्रकोप हटाउनका लागि धार्मिक मान्यताअनुरुप गुरुवा, गाउँमा खबर आदानप्रदानको व्यवस्था गर्न चौकीदारको छनोट गरिएको हो । 

बैठकमा बडघर नरेन्द्रप्रसाद चौधरीले गत आवको रु ६७ हजार ७३ को आयव्ययको विवरणसमेत प्रस्तुत गर्नुभयो । जसमध्ये पूजामा रु २६ हजार ४४४ खर्च गरिएको र बचत रु ४० हजार ६१८ रहेको जानकारी दिनुभयो । बलि प्रथामा रोक लगाइने भएपछि त्यसमा खर्च गरिँदै आएको रकम गाउँको बृहत्तर विकासका लागि खर्च गर्ने निर्णयसमेत गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ