Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २३, मलंगवा । सोमबार दिउँसो सर्लाहीको बसबरिया गाउँपालिका- ३ मानपुर ब्यारेज नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ। एकजना गम्भीर भएका छन्।

ज १ त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा आशिक महतोको मृत्यु भएको हो।महतोलाई उपचारका लागि बरहथवा ल्याउनेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महतो सोही ट्याक्टरका चालक हुन्।

उक्त दुर्घटनामा मृतक आशिकका भाइ १६ वर्षीय आदित्य महतो गम्भीर घाइते भएका छन्। बरहथवामा सामान्य उपचार गरी उनलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ ।