चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

साझासवाल
1 Min Read

काठमाडौँ | बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उ.म.न.पा. वडा नं.०६ घर भई हाल काठमाडौँ  का.म.न.पा.वडा नं. ०९ बस्ने ३१ वर्षीय नारायण बस्नेत छन्।

उनले चेक रिपब्लिक पठाइदिने भन्दै एक जना पिडितबाट तीन लाख चालिस हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई शुक्रबार काठमाडौँको सिनामंगलबाटबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Share This Article