By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    16 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    17 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    22 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भारत हुँदै युएई पुगेका नेपाली महिला समस्यामा पर्दै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भारत हुँदै युएई पुगेका नेपाली महिला समस्यामा पर्दै
काठमाडौँ - KTMसमाज

भारत हुँदै युएई पुगेका नेपाली महिला समस्यामा पर्दै

साझासवाल
Last updated: January 25, 2018 9:34 am
साझासवाल
5 Min Read
Share

किरण भट्टराई / माघ ११, युएई | तनहुँकी सुनिता (नाम परिवर्तन) राम्रो काम र आकर्षक तलब पाउने भनी दलालले देखाएको प्रलोभनमा परी १० महिनाअघि भारत हुँदै संयुक्त अरब इमिरेट्स (युएई) आइपुग्नुभयो । 

उहाँलाई बाँकेको नेपालगञ्ज नाका हुँदै भारतको नयाँदिल्ली लगियो । त्यहाँ केही दिन राखेपछि युएई पुर्याइयो । दलालले युएईमा राम्रो काम पाइने भन्दै विभिन्न प्रलोभनमा पारेकै कारण उहाँ त्यसबेला दुई वर्षकी छोरी घरमा छोडेर युएई आउनुभएको थियो । 

यहाँ आएपछि सुनितालाई दुबईको जुमेरास्थित एक घरमा घरेलु कामदारका रुपमा काममा लगाइयो । सो कामबापत मासिक ९०० युएई दिराम अर्थात करिब रु २५ हजार दिने भनिएको थियो तर नौ महिना काम गर्दा पनि घर मालिकले आफूलाई तलबबापत एक रुपैयाँ पनि दिएन । तलब माग्दा घर मालिकले “तँलाई किनेको हो, तलब दिनुपर्दैन” भन्ने गरेको उहाँले आफ्नो पीडा सुनाउनुभयो । 

युएईमा बस्ने एलिसा राई नामकी नेपाली दलालले आफूलाई सो घरमा काम गर्ने गरी बेचेको सुनिताले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई सो घरमा पठाउँदा मेरो घर मालिकसँग एलिशाले १३ हजार दिराम मागेकीमा उनले मेरै अगाडि १२ हजार ५०० दिराम दिएर मलाई आफ्नो घरमा लगेका थिए ।” 

बाह्र हजार ५०० दिरामको करिब नेरु तीन लाख ५० हजार हुन्छ । दैनिक २० घण्टा काम गर्दा पनि नौ महिनासम्म तलब नदिएपछि घरमा कोही नभएको मौका छोपेर भागेर अबुधावीस्थित नेपाली दूतावासमा आउन सुनिता सफल हुनुभयो । 

घर मालिक एक महिना बेलायत घुम्न गएको समयमा खाना खर्च भनेर एक पटक १०० दिएकोबाहेक अरु कुनै रकम आफूले नपाएकोे गुनासो गर्नुभएकी उहाँले काभ्रेको राजु लामा नाम गरेका व्यक्तिले आफूलाई युएई पुर्याउन सहयोग गरेको जानकारी दिनुभयो । 

सुनिताले भन्नुभयो, “यसअघि दिदी कुँवेत जानुभएको थियो, राम्रो कमाइ गरेर आउनुभएको थियो, त्यही भए म आएको तर दुःख पाए । उहाँ अहिले २० वर्ष पुग्नुभयो तर नागरिकता र राहदानी बनाउँदा दुई वर्ष थपेर बनाइएको छ । 

दूतावासको आश्रमस्थलमा डेढ महिनादेखि बसिरहनुभएकी उहाँ यसै साता नेपाल फर्कने दूतावासले जनाएको छ । सुनिता भागेपछि घर मालिकले उहाँको राहदानी युएईको अध्यागमनमा पठाइ दिएकाले नेपाल फर्काउन कागजपत्र मिलाउनुपर्ने हुँदा केही समय लागेको दूतावासका अधिकारीले बताए । 

उहाँजस्तै सोलुखुम्बुकी रीता (नाम परिवर्तन) पनि दूतावासको आश्रयस्थलमा बसिरहनुभएको छ । उहाँ काठमाडौँमा आएर काम खोज्दै गर्दा सुदीप गुरुङ नाम गरेका एक व्यक्तिले युएईमा राम्रो पैसा र काम पाउने भन्दै प्रलोभन देखाए । 

उनको प्रलोभनमा परी रु ७० हजार तिरेर रीता पनि भारत हुँदै रोजगारीका लागि छ महिनाअघि युएई आइपुग्नुभएको हो । युएईमा उहाँ शारजहाँस्थित एक घरमा घरेलु कामदारका रुपमा काम गर्न थाल्नुभयो तर घरमा काम गर्न थालेपछि रीताले अनेक किसिमका मानसिक र शारीरिक समस्या झेल्नुपर्यो । 

एकातर्फ १८÷२० घण्टा लगातार काम गर्नुपर्ने अर्कोतर्फ घर मालिकले गर्ने शारीरिक दुव्यवहारले उहाँलाई सताइरहनुका साथै भनेअनुसारको तलबसमेत पाउनुभएन । मालिकले बेलाबेलामा आफूलाई शारीरिक शोषण गर्ने प्रयास समेत गरेको दुखेसो उहाँको थियो । रीताले भन्नुभयो “मालिकले जहिले पनि मलाई समात्न आउँथ्यो, सधँै भाग्दै हिँड्नुपथ्यो ।” 

दिनहुँको दुव्र्यवहार सहन नसकेपछि गत हप्ता आफू घरबाट भागेर ट्र्याक्सी चढेर अबुधावीस्थित नेपाली दूतावासमा आइपुगेको उहाँले जानकारी दिनुभयो । दूतावासकै आश्रयमा रहेकी अर्की एक महिला सिर्जना (नाम परिवर्तन) ले पनि आफूलाई एलिशा राईले नै विभिन्न घरमा घरेलु कामदारको रुपमा पठाउने गरेको तर महिना बितेपछि उसले नै तलब लैजाने गरेको पीडा पोख्नुभयो । 

एलिशाका लोग्ने सुजन भण्डारीसमेत यो कार्यमा संलग्नता रहेको उहाँले जानकारी दिनुभयो । अबुधाविस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले विभिन्न समस्यामा परेका नेपाली दूतावासको सम्पर्कमा आइसकेपछि उनीहरुको समस्या समाधानका लागि आफूहरुले सक्दो पहल गर्दै आएको बताउनुभयो । 

दूतावासका श्रम सहचारी मोतिराम भुसालले श्रम स्वीकृति लिएर नेपाल हुँदै युएई आउने महिला कम जोखिममा पर्ने गरेको तर भारतको बाटो हुँदै आउने र घुम्न प्रवेशाज्ञा लिएर आई लुकेर काम गर्ने महिला आर्थिक र शारीरिक शोषणमा बढी पर्ने गरेको बताउनुभयो । 

सरकारले घरेलु कामदारमा रोक लगाएपछि पछिल्लो समय भारत र श्रीलंकाको बाटो हुँदै खाडीका राष्ट्रमा आउने महिला बढी जोखिममा पर्दै आएका छन् । 

यस्तै नेपालकै बिमानस्थलबाट समेत श्रम प्रवेशाज्ञा र घुम्ने प्रवेशाज्ञामा महिलालाई यहाँ ल्याएर दलालले घरेलु कामदारका रुपमा काममा लगाउने गरेका छन् । 

नेपाल र युएईबीच श्रम सम्झौताको तयारी हुन लागेको र यसले पूर्णता पाएपछि यस्ता धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रदेश सरकार गठनका लागि परामर्शमा छु : प्रदेश प्रमुख झा
Next Article ७ नं प्रदेशको प्रदेशसभाको बैठक माघ २१ गते आह्वान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने

57 years ago
काठमाडौँ - KTMसमाज

महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

57 years ago
काठमाडौँ - KTMराजनीति

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

57 years ago
समाज

कुखुरालाई दानापानी दिने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?