2026-09-14 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश सरकार गठनका लागि परामर्शमा छु : प्रदेश प्रमुख झा

माघ ११, बुटवल | प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा र सरकार गठनका लागि आफू परामर्शमा रहेको बताउनुभएको छ । उहाँले संवैधानिक व्यवस्थाअनुरुप दुवै कामका लागि आफूले राजनीतिक दल, कानून विज्ञ तथा अन्य सरोकारवालासँग परामर्श गरिरहेको बताउनुभयो । 

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कानूनमा भएको व्यवस्थाअनुसार तोकिएकै मितिभित्र बैठक बस्ने र सरकार गठन गर्ने स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनको नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको संसद् बैठक र ३० दिनभित्र प्रदेश सरकार निर्माण गर्ने र मुख्यमन्त्री चयन गरिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोहीअनुरुप काम हुने बताउनुभयो । माघ ७ गते पदभार ग्रहण गरेलगत्तै दैनिक कामकाज जारी रहेको बताउँदै प्रमुख झाले सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास दिलाउनुभयो । प्रदेश सरकारमा आफूहरुको अनुभव नभए पनि केन्द्रीय सरकार चलाएको आफूसँग अनुभव भएको बताउनुभयो । 

अस्थायी मुकाममा कार्यालय पूर्वाधारको व्यवस्था नभएकाले पनि संसद् बैठक आह्वानका लागि केही दिन लाग्नेछ । संसद् सञ्चालनका लागि कर्मचारीसमेत आउने क्रम बढेको प्रदेश सचिव सन्तकुमार दवाडीले बताउनुभयो । 

प्रदेश मन्त्रालयलगायत कार्यका लागि अस्थायी राजधानी भएकाले अस्थायी किसिमका पूर्वाधार निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ