कलाकारको नाममा कोरिया पठाउदै रकम अशुल्ने राजेन्द्र खड्गी पक्राउ

साझासवाल
1 Min Read

माघ २६, काठमाडौं । कलाकारको नाममा विभिन्न व्यक्तिलाई दक्षिण कोरिया पठाएको आरोपमा प्रहरीले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।

बिहीबार केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।

दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ ।

खड्गीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यादसमेत लिएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको सीआईबीको दाबी छ। एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका बेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा उनीहरुलाई लगेको आरोप लागेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply