फागुन १४, काठमाडौँ । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।

उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९: ३० बजे आगलागी भएको हो ।

अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ ।

घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।