Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मोरङमा पानीमा डुबेर एक बालकको मृत्यु

By kit

फागुन १४, मोरङ | मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुका पानीमा डुबेर दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो । बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रासस