By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: धरहराकै अगाडी यस्तो चलखेल हुन्छ भने अन्त के होला ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > धरहराकै अगाडी यस्तो चलखेल हुन्छ भने अन्त के होला ?
काठमाडौँ - KTMसमाज

धरहराकै अगाडी यस्तो चलखेल हुन्छ भने अन्त के होला ?

साझासवाल
Last updated: February 28, 2018 3:18 pm
साझासवाल
4 Min Read
Share

फागुन १६, काठमाडौं । भूकम्पले ढलेको धरहराको पुनर्निर्माण गर्ने काम सुरु गर्नु त कता हो कता उल्टो ऐतिहासिक धरहरानै प्रभावित हुनेगरि व्यापारिक भवन निर्माणको लागि महानगरले आफ्नो लापरवाही सार्वजनिक गरेको छ । 

धरहरा दक्षिण पट्टिको भागमा सरकारी मापदण्डको ९ मिटर चौडा सडक समेत ओगटेर मापदण्डविपरीत व्यपारिक भवन निर्माण गर्न महानगरले स्वीकृति दिएको हो । जहाँ महानगरले फुटपाथको लागि ठाउँ हुनुपर्छ भन्ने आफ्नै नीति समेत कुल्चिएर काम गरेको स्पष्ट देखिन्छ । 

हाल स्वीकृति दिएको स्थानमा ३०३६ सालदेखि बनेको स्थाई घरलाई समेत निकास छेक्नेगरि महानगरले स्वीकृति दिएको भन्दै स्थानीय व्यावसायी महानगरले आफ्नै खुट्टामा बन्चरो हानेजस्तो व्यवहार गरेको बताए । उनले भने ‘अहिले यहाँ संरचना  बन्ने हो भने झन्डै १०० जनाको रोजगारी खोसिन्छ, अहिले यहाँ १६ सटरमा व्यापारिक रुपमा संचालित छन्, दर्जन जति कार्यालयहरु छन् तर अगाडी संरचना बन्दा हामी सबैको उठिबास लाग्छ ।’ उनले महानगरलाई फुटपाथमा पसल थाप्न र पार्किंग गर्न हुँदैन भन्दै उठाउँदै आउने महानगरको असली रुप देखिएको बताए । उनले भवन संरचना हुन लागेको ठाउँ देखाउंदै भने ‘ल हेर्नुस, यो फुटपाथ हैन ? यहाँ भवन बनाउन मिल्छ ?’ 

ऐतिहासिक धरहरा क्षेत्रभित्र पर्ने स्थानमा मापदण्ड समेत मिचेर व्यापारिक भवन उठाउन जग खनिएपछि स्थानीयले त्यसको विरोध समेत गरेका छन् । जहाँ महानगरपालिकाले निर्माणकर्ताहरुलाई स्पष्ट साथ दिएको छ । महानगर आफैले जबर्जस्ति भवन बनाउन जस्ताको बार हाल्न सहयोग गरेको थियो जुन सडकमा मात्र ९ मिटरको मापदण्ड हुनुपर्नेमा झन्डै २ फिट मिचेर जस्ता बारिएको र फुटपाथ समेत छाडिएको छैन । भवन संरचना निर्माण गर्दा सडकबाट निश्चित दुरीमा मात्र संरचनाको तह उठाउन पाइने बताइएपनि यहाँ सडकसँगै संरचना उभ्याउन लागिएको छ । जसले सडकका यात्रुहरुलाई समेत सहज आवतजावतमा समस्या पार्ने निश्चित छ ।

यहाँ संरचना बनाउन महानगर र गुठी संस्थानले ठूलो आर्थिक चलखेल गरेको अधिकाँशको आरोप छ । राति जग खनेर भवन संरचना बन्दै गरेको कुरा साझा सबाल मिडियाले यस अघि महानगरमै पुगेर समेत ध्यानाकर्षण गराईसकेको छ तर पनि यहाँ संरचना निर्माण नगर्न महानगरबाट कुनै कदम चालिएको छैन । संगैको सडकमा चौडा सडक र फुटपाथ समेत हुँदा एक्कासी सरचना बनाउन लागिएको स्थानमा सडक खुम्चियाईएको देख्दा यहाँ संरचना बनाउन दिनुमा ठूलो आर्थिक चलखेल छ भन्नेमा अधिकांशको आरोप छ ।

यहाँ कुरियर कार्यालय संचालन गरेर बसेका माधव सिंखडाका अनुसार यहाँ राति-राति काम हुने गरेको छ । उनले भने ‘रातारात राष्ट्रिय सम्पदाको दोहन गरिएको छ । सडकको फुटपाथ हुनुपर्ने ठाउँमा अब ब्यापार गर्न महानगरले स्वीकृति दिएको छ ।’ उनले भने ‘बडो अचम्म छ, फुटपाथमा ब्यापार गर्यो भन्दै आतंक मच्च्याउँदै आउने महानगर आफैले यहाँ फुटपाथमा घर बनाउन स्वीकृति दिएको छ । 

यसै विषयमा कुरा गर्दै महानगरपालिकका ११ नम्बर वडाका अध्यक्ष हिरालला तण्डुकारले मापदण्ड बिपरित संरचना बन्न लागेको जानकारी दिएका छन् । यस बिषयमा त्यहाँका स्थानीयहरुले पुरातत्व विभागमा समेत जानकारी गराईसकेका छन् । महानगरपालिकाले दिएको स्वीकृति अनुसार प्लिन्थ लेवलको पत्र दीईएको छ तर त्यसैमा ३ तलासम्म बनाउन पाउने अस्पष्ट भाषा प्रयोग गरिएको छ । 

२०३६ सालदेखि खालि रहेको स्थानमा अहिले आएर संरचना बनाउन लाग्दा सरकारी निकायहरु समेत मुकदर्शक बनेका छन् । भएको खाली ठाउँ समेत मासिँदा ऐतिहासिक धरहराको शोभानै नरहने जानकारहरुको बुझाई छ । यस्तो अवस्थामा यहाँ संरचना बनाउन महानगरले कुनैनकुनै आर्थिक चलखेल गरेको आरोप लगाइएको छ । 

भवन संरचनाको अवस्था हेर्दै एक जना स्थानीयले भने ‘अचम्म छ, के आधारमा महानगरले यहाँ संरचना बनाउन स्वीकृत दियो ? अब फुटपाथ खोई ? धरहरा बनेपछि फोटो खिच्ने र पैदल यात्रीहरुलाई फुटपाथ खोइ ?’ ‘जातिले यो बारेको देखेका छन् सबैले गलत भईरहेको भनेका छन्, धरहराको छेउमै यस्तो चलखेल हुन्छ भने अन्त कस्तो होला ?’ उनले भने ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि दुतावासमा घन्टौंसम्म लाइनमा, सरकार मौन
Next Article चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी (भिडियो सहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

भूकम्पको एकदशक : सम्झना ताजा

1 year ago
काठमाडौँ - KTMलेख

आइतबारको खण्डग्रास सूर्य ग्रहण : कुन राशिलाई के फल ?

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

शेयर बजार घटेसंगै ओरालो लागे बीमा कम्पनीका शेयर

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?