2026-09-04 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबारको खण्डग्रास सूर्य ग्रहण : कुन राशिलाई के फल ?

ज्यो.पं विष्णुप्रसाद खनाल ।असार ६, काठमाडौँ । ग्रहण भनेको ग्राह्य र ग्राहक बीचको सम्बन्ध हो । सामान्य अर्थमा पृथ्वीको छाँयाभित्र चन्द्रमा पसेको अवस्थामा चन्द्रग्रहण हुन्छ भने चन्द्रमाले सूर्यको प्रकाशलाई पृथ्वीमा आउनबाट रोक्दा सूर्यग्रहण लाग्ने गर्दछ । चन्द्र ग्रहण पूर्णिमा तिथि र सूर्यग्रहण औँसी तिथिका दिन मात्र लाग्ने सम्भावना रहन्छ । वेदले पनि ग्रहणको बारेमा विशेष उल्लेख गरेको छ ।

राहुलाई ग्रहणको कारक मानिएको छ । राहु भनेको तम अर्थात अन्धकार हो । ग्रहण लागेको बेला पनि अन्धकार हुने गर्दछ । (ऋग्वेद ५, ४० र ५९) सूर्य र मनुष्यका बीचमा विशेष सम्बन्ध रहेको छ । सूर्य ग्रहण एक नितान्त खगोलीय घटना भए पनि तीव्रप्रभावकारी काल खण्ड हुन्छ जसको प्रभाव पुरै सृष्टिमा पर्दछ।

सूर्य ग्रहण तीन प्रकारका हुन्छन् । पूर्ण, खण्डग्रास र वलय सूर्यग्रहण । जब चन्द्रबिम्बले सूर्यको सम्पूर्ण भाग छेक्छ तब पूर्ण सूर्यग्रहण हुन्छ । चन्द्रमा नीच अवस्थामा रहेको बेला यस्तो स्थिति उत्पन्न हुन सक्छ । यसैगरी सूर्यको केही भाग मात्र ग्रसित भएको अवस्थामा खण्डग्रास सूर्यग्रहण देखिन्छ । चन्द्रबिम्बले सूर्यबिम्बलाई पूर्ण ढाक्दा सूर्यको तेजिलो प्रकाशले चन्द्रमाको कालो धब्बा वरिपरि सेतो गोलाकृति देखिन्छ जसलाई वलय सूर्य ग्रहण भनिन्छ ।

ग्रहण लागेको बारले पनि ठुलो प्रभाव पार्दछ ।आइतबारको सूर्य ग्रहण र सोमबारको चन्द्र ग्रहणले चूडामणि योग हुन्छ । यस योगमा दान मात्र गर्नाले पनि साधारण दानको कोटि गुणा फल हुन्छ । ग्रहण लागेको समयलाई विद्ध मानिन्छ । त्यसैले सुतक वार्नुपर्ने हुन्छ । धर्मसिन्धु प्रथम परिछेद पृ. २७ अनुसार सूर्य ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) पूर्व र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर (९घण्टा) अघिदेखि सुतक लाग्छ भनिएको छ । भोजन सामाग्री र पानीमा तिलकुस राख्दा सूर्य बाट आएका विकीरणले कम असर गर्दछ । ग्रामीण परिवेशमा नेपाली कैली बाच्छीको गोवर पनि टास्ने चलन छ । वैज्ञानिक रुपमा पनि यी चिजको उपयोगीता पुष्टि पनि भइसकेको छ । यसैले बालवृद्ध र आतुरबाहेक अरुलाई शास्त्रले भोजन निषेध गरेको छ ।

धर्मसिन्धु प्रथम परिच्छेद पृष्ट २७ यसो भन्छ (ग्रहण लागेको समयमा भोजन गर्न, सुत्न, मैथुनादि समागम, शरीरमा तेल घस्न, शृङ्गार, शौच, बधका साथै अरुलाई कष्ट हुने कार्य वर्जित हुन्छन् । यसैगरी अर्को श्लोक पनि पाइन्छ । हाल हाम्रो पात्रोहरुमा प्रचलित श्लोक जसलाई ग्रहण फल भनेर दिइएको हुन्छ । जसको अर्थ यस्तो रहेको छ ।

ग्रहण लागेको अवस्थामा सुते रोग लाग्न सक्छ, शौचादी कार्य गर्नाले दरिद्रता हुन्छ, दिशा बस्नाले कृमियोनि प्राप्त हुन्छ, मैथुनादि समागम गर्नाले अर्को जन्ममा सुंगुरको योनी प्राप्त हुन्छ, शरीरमा तेल लगाउँनाले वा शृङ्गार गर्नाले कुष्टरोग लाग्न सक्छ, भोजन गर्नाले अवनति हुन्छ। कसैलाई बन्धनमा राख्नाले सर्पको योनी प्राप्त हुन्छ भने काटमार आदि बध गर्दा नरकको यातना भोग गर्नुपर्छ भन्ने छ।

ग्रहण कसका लागि फाप अफाप भन्ने हाम्रो चलन छ।त्यसको लागि यसरी गणना गरेर आफैँले थाहा पाउन सकिन्छ । कोही मानिसको जन्म राशिबाट सूर्य वा चन्द्र ग्रहणको दिनको राशि ३, ६, १०, ११, ५ औँ स्थानमा पर्दा सुख प्राप्ति हुन्छ । त्यस्तै २, ७, ९ औँ स्थानमा पर्दा मध्यम फल र १, ४, ८, १२ औँ स्थानमा पर्दा अनिष्ट हुन्छ ।

आब्रम्हस्तम्ब पर्यान्तं यक्तिञ्चित चराचरम् ।।

मया दत्तेन तोयेन तप्ति मेवामी गच्छतु।।

अनिष्ट फल हुने राशि हरुले यो श्लोक पढि जल अर्पण गर्ने गरेमा अनिष्ट फल कम हुनेछ । सुख प्राप्ति फल हुने राशिवालाले दीक्षा मन्त्र लिएको भए सो मन्त्रको जप गरी लक्ष्य प्राप्ति गर्न सक्नेछन् । दीक्षा नलिएकाले योग्य गुरु ठहर गरी दीक्षा लिएर लक्ष्य प्राप्ति गर्न सक्नेछन् । लक्ष्यप्राप्ति चन्द्र ग्रहण भन्दा सूर्य ग्रहणमा दशगुणा वृद्धिफल हुन्छ । ग्रहणमा श्राद्ध गर्दा तीर्थ श्राद्ध बराबर फल हुन्छ । तर श्राद्धको भोजन भने निषेध गरिएको छ।

निर्णयसिन्धु पृ ४२ अनुसार तुलादान पनि ग्रहणमा शुभ मानिएको छ । अवतार हरुको जीवनमा पनि ग्रहणले विशेष महत्त्व राखेको प्रसंग देख्न पाइन्छ । भगवान् रामले आफ्नो गुरुसँग दीक्षा ग्रहणकै समयमा प्राप्त गर्नु भएको थियो । यसैप्रकार भगवान् कृष्णले सान्दीपन ऋषिसँग दीक्षा लिएको समयमा पनि ग्रहणकाल चलिरहेको थियो । यसपालिको सूर्य ग्रहण असार ७ गते आइतबार रहेको छ ।जुन खण्डग्रास ग्रहण हो ।

ग्रहणको सुतक असार ६ गते राति १०ः५० बजेदेखि लाग्नेछ भने ग्रहणको स्पर्श ७ गते बिहान १०ः५० बजे हुनेछ मध्यान्न १२ः३८ बजे र मोक्ष (समाप्त) ०२ः२३ बजे हुनेछ । सर्वपर्वको उपभोग समय ३ घण्टा ३३ मिनेट रहेको छ। यसरी हेर्दा ग्रहण आफैँमा नराम्रो नभएर प्रयोग गर्न जानेमा एउटा स्वर्णिम मौका पनि हो । जो कोहिले उपयोग गर्न सक्छ । सूर्य नारायण कुनै धर्म पन्थ वा सम्प्रदाय मात्रको लागि नउदाउने र यसमा आउने खगोलीय परिवर्तनले सबैलाई असर गर्ने हुँदा सबैले पूर्व सतर्कता अपनाउन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ