शेयर बजार घटेसंगै ओरालो लागे बीमा कम्पनीका शेयर

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

मङ्सिर १४, काठमाडौँ | शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ ।

कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ । बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ । बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीका शेयरमा उच्च अङ्कको गिरावट भएको थियो ।

स्टकमा कूल सात जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । बजार ओरालो लागेका कारण बीमा कम्पनीको शेयर प्रभावित भएको छ । केही कम्पनीको शेयरको मूल्य मात्रै रु ५०० माथि रहेका छन् ।

स्टकमा बिहीबार भएको कारोवारका आधारमा लाइफ इन्स्यारेन्स कम्पनीको मात्रै शेयर मूल्य एक हजार ४७५ रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य रु ९१६ छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु ६२७ मा कारोवार भएको छ । एशियन लाइफ इन्स्यारेन्सको रु ४९६ मा कारोवार भएको छ । यस्तै गुराँस लाइफ इन्स्योरेन्सको बिहीबार रु ५९८ मूल्यमा कारोवार भएको छ । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीको अवस्था भने कमजोर रहेको छ । बजार ओरालो लाग्दा सो कम्पनीको शेयर मूल्य घटेर रु ४०४ मा कारोवार भएको छ ।

सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको रु ४४७ मूल्यमा खरिद बिक्री भएका छन् । स्टकमा विभिन्न १५ निर्जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । तुलनात्मकरुपमा निर्जीवन बीमा कम्पनीको शेयर बजार ओरोलो लाग्दा प्रभावित भएको छ । निर्जीवन बीमा कम्पनीमध्ये युनाइटेड इन्स्यारेन्स कम्पनीको रु ७०६ मा कारोवार भएको छ ।

गत वर्ष मङ्सिर दोस्रो साता रु एक हजार २६१ का कारोवार भएको सो कम्पनीको शेयर घटेर नयाँ बिन्दुमा आएको हो । निर्जीवन बीमा कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बजार मूल्य घटेको छ । बिहीबार सो कम्पनीको शेयर प्रतिकित्ता रु ५८५ मा कारोवार भएको थियो । गत वर्षको मङ्सिर दोस्रो साता प्रतिकित्ता रु एक हजार ११५ मा कारोवार भएको सो कम्पनीको शेयरमा करीब ५० प्रतिशत घटेको हो ।

गत वर्षको मङ्सिरमा रु एक हजार ७७८ मा बिक्री भएको शिखर इन्स्योरेन्स कम्पनीको शेयर घटेर रु ७९५ मूल्यमा खरिद बिक्री भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर सामान्य अङ्कले मात्रै घटेको छ । गत वर्षको मङ्सिरमा रु एक हजार ४५५ मा कारोवार भएको सो कम्पनीको शेयर बिहीबार भने रु एक हजार २५० मा कारोवार भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रतिकित्ता रु नौ हजार १७० मा कारोवार भएको छ । गत वर्षको मङ्सिरमा सो कम्पनीको प्रतिकित्ता रु १५ हजार १९८ मा खरिद बिक्री भएको थियो । बजार ओरालो लाग्दा राष्ट्रिय बीमा कम्पनीको शेयर प्रभावित भएको छ ।

बिहीबारको कारोवारका आधारमा प्रुडेन्डियल इन्स्योरेन्स रु ६१८, प्रिमियर इन्स्यारेन्स रु ९१५, प्रभु इन्स्योरेन्स लिमिटेड रु ४०६, एनएलजी इन्स्यारेन्स रु ७९५, नेपाल इन्स्यारेन्स कम्पनी रु ५०१, नेको इन्स्यारेन्स कम्पनी रु ४५५, लुम्बिनी जनरल इन्स्यारेन्स रु ४६९, आइएमई जनरल इन्स्योरेन्स रु ३७०, हिमालयन जनरल इन्स्यारेन्स रु ३७० र एभरेस्ट इन्स्यारेन्स कम्पनीको शेयर रु ७७५ मूल्यमा खरिद बिक्री भएका छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply