2026-07-24 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

असोज ३१, लमजुङ | सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ । पाँच दशक पुराना टिनका छाना फेरेर राता रङ्गिन छानाले गाउँलाई सजाइएको छ ।

करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसिया मै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा चिनाएकाे छ । घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा समेत चिनिन्छ  ।

सबै घरमा एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमल विक बताउँछन् । घलेगाउँका एक सय २० घरमा रातो रंगको छानो राखिएको छ  ।

प्राकृतिक सौन्दर्यका साथै मौलिक कला, परम्परा र साँस्कृतिक पक्षले पनि उतिक्कै धनी छ, घलेगाउँ । गाउँका सिँढीहरू निर्माण तथा मर्मत गरी गाउँलाई सफासुग्घर गरी चिटिक्क बनाइएको छ । गाउँ तथा बाटो वरपर फूल रोपिएका छन् । एकैनासको घर भएसँगै पर्यटक आर्कषण बढेको स्थानीय यमुना घले बताउँछिन् ।

समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाइको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो । पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ । घलेगाउँमा नमूना चिया बगान, प्रांङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टे रहेको छ ।

हिमालको काखको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनासलु, बुद्ध, ङादीचुली (डा. हर्क पिक) हिमाल, गणेशलगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

गाउँबाटै सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि नियाल्न सकिन्छ । गोर्खा आर्मी पार्क, घले राजाको शालिक, क्वोइवो धी, उत्तरकन्या मन्दिर, सात कुवा, परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, चिया बगान, वनझाङ्ग्रो छहारा, भीर मौरी, भेँडीगोठ पनि घलेगाउँका आकर्षण हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक