2026-06-16 05:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी चालक र सहचालकलाई अनिवार्य पोशाक

2018-03-23

चैत ९, काठमाडौँ | काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी चलाउने चालक तथा सहचालकले आजदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अगाडि बसेको बैठकको निर्णयानुसार आजदेखि सबै मार्गका सवारी चालक र सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ । महाशाखा र महासंघको आयोजनामा आज आरएनएसीबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चल्ने बस तथा माइक्रोबसका चालक र सहचालकलाई पोशाक लगाएर शुरुआत गरिएको हो । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चालक र सहचालकलाई पोशाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रूपमा गाडी चलाउने अभियानको विकास हुने बताउनुभयो । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले उपत्यकामा चल्ने सबै समितिका बस तथा माइक्रोबसलाई चालक र सहचालकलाई अनिवार्य रुपमा पोशाक लगाउन पत्राचार गरिसकिएको बताउनुभयो । “नियम पालना नगर्ने चालक र सहचालकलाई समितिबाटै कारवाही हुन्छ”, उहाँले भन्नुभयो । 

काठमाडौँ उपत्यकाबाट शुरु भएको पोशाक अभियान देशव्यापी रुपमा लैजाने महासंघका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले जानकारी दिनुभयो । समितिअनुसार भिन्दाभिन्दै ज्याकेट भएकाले यात्रुलाई समेत यात्रामा सहजता हुने छ । चालकलाई रातो र सहचालकलाई हरियो खालको पातलो ज्याकेटको व्यवस्था गरिएको छ । यही चैत २ गते ललितपुर यातायात व्यवसायी संघबाट शुरु भएको उक्त अभियानअन्तर्गत आज १२ मार्गका चालक र सहचालकलाई पोशाक लगाइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल