पर्यटन विकासमा होटलको महत्व छ: मन्त्री अधिकारी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

जेठ १७, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने होटलको महत्व रहेको बताउनुभएको छ ।

पर्यटकीयस्थल ठमेलमा स्थापना भएको ‘नेपाली घर’ नामक होटलको बुधबार उद्घाटन गर्दै मन्त्री अधिकारीले होटलले पाहुनालाई अत्याधुनिक सुविधाका साथै नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।

मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव पार्ने बताउनुभयो ।

होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले करीब चार वर्षमा निर्माण सम्पन्न भएको पाँचतले अत्याधुनिक होटलमा अत्याधुनिक प्रविधिले सुसज्जित होटलमा पाँचतारे सरहका सुविधा उपलब्ध रहेको बताउँदै होटलमा नेपालीकला र संस्कृतिको पहिचानसहित अघि बढाउने उद्देश्य रहेको बताउनुभयो ।

होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीले विशुद्ध नेपाली शैलीमा आकर्षक सजावट गरिएको छ । होटलका आवश्यक सरसामानमा नेपाली बजार प्रवद्र्धन गर्ने उद्देश्यले ग्रामीण भेगका कला सिपलाई प्राथमिकताका साथ प्रयोगमा ल्याइएको छ ।

होटलले दिने विशेष सेवा सुविधामा जस्तैः विशेष प्रकारका वेड सहितका आरामदायी कोठा, द्रुतगतिमा चल्ने वाइफाइ, २४ सँै घण्टा स्वस्थकर पानी, सरसफाइ, फिटनेस सेन्टर, मिटिङ हल, दिनभरि नै सेवा दिने रेष्टुराँ तथा रुम सर्भिस रहेको छ ।

होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम छन् जसमा हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स तीन र मानगृह र कैलाशकुट सुइट एक÷एक वटा छन् ।

यी सबै कोठा परम्परागत नेपाली कलाले विशेषरुपमा सजिएका छन् । होटलमा इन्डिभिडुअल क्लाइमेट कन्ट्रोलजस्ता सुविधा पनि उपलब्ध छन् । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply