२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ५ मा काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगित

२०७५, १३ श्रावण आईतवार ०९:२८

साउन १३, बुटवल । प्रदेश नं ५ मा आज विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ । 

बैठक शुरु हुनासाथ सदस्य निर्मला क्षेत्रीले संविधानले व्यवस्था गरेबमोजिम सभामुख र उपसभामुख एउटै दलको हुन नहुने जिकिर गर्दै स्थायी राजधानी नामकरणका विषयमा मुख्यमन्त्रीको जवाफ आएपछि मात्रै प्रदेशसभाको बैठक सञ्चालन हुने बताउनुभयो । 

प्रदेशसभाका सदस्य क्षेत्री बोल्नासाथ विपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सोमबारसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो । बैठकमा प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक, प्रदेश नं ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक निर्णयार्थ पेश हुने कार्यसूची थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा