2026-09-19 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा पहिरो व्यवस्थापन नहुदा आवतजावतमा कठिन

ज्ञानेन्द्र न्योपाने, साउन १३, रसुवा । एक दशक अगाडिदेखि खस्दै आएको पहिरो नियन्त्रण हुन नसक्दा दक्षिणी रसुवाको जिबजिबेवासी दैनिक चुनौतीको सामाना गर्दै धोबिखोला पार गर्छन् । 

धैबुङकोटको घुम्ती स्थानको पासाङल्हामु राजमार्गबाट पूर्वतर्फ जिबजिबे जाने सहायक मार्गमा वर्षायाममा पहिरो खस्ने गरेकाले कालिकास्थानदेखि पूर्वीक्षेत्र जिबजिबे, ज्याङलाङ, चित्ती, बडहरे, खाल्चेत, बेताङलगायतका गाउँका बासिन्दा प्रभावित भएको स्थानीय समाजसेवी विष्णुप्रसाद पौडेलले बताउनुभयो । 

विसं २०५९ देखि प्राङ्से गाउँबाट खसेको पहिरो रोक्न थुप्रै खर्च लाग्ने भएकाले कालिका गाउँपालिकाले पहिरो रोक्न ध्यान दिन नसक्दा वर्षाका बेला विद्यार्थीलाई स्कूल जान, बिरामी तथा सुत्केरीलाई अस्पताल पु¥याउन र मृतक व्यक्तिलाई वेत्रावतीको उत्तरगयाघाटमा दाहसंस्कारका लागि पु¥याउन कठिन भएको स्थानीयवासीको गुनासो थियो । 

प्राङसेदेखिको पहिरोले धोबिखोलाको पुच्छार फलाखु खोलासम्म असर पु¥याइरहेको र यसका लागि करिव रू पाँच करोड लाग्ने अनुमान गरिएकाले गाउँपालिकाले गरेको लगानी प्रर्याप्त नभएको समाजसेवी पौडेलले जानकारी दिनुभयो । 

वर्षायाममा पहिरो निरन्तर आइरहने र ढुंगा छल्दै दगुरेर भाग्नुपर्ने भएकाले कालिकास्थानदेखि पूर्वी भाग नौकुण्ड गापाको सरसिउँ, घोर्मु आरुखर्क समेतका बासिन्दालाई आवत जावतमा कठिन भएको र बिहान कालिकास्थान गएको मान्छे बेलुका घर फर्किन्छ कि, फर्किंदैन भन्ने डरसमेत बढ्दै गएको उहाँको भनइ थियो । 

यस्तै भारी वर्षाका कारण आएको पानीले नुवाकोटको लच्याङदेखि रसुवाको पाटीखर्क, सिम्ले भोर्ले, डाँडागाँउ, ठूलोगाउँ, समेतको ग्रामीण कृषि सडक बन्द भएको नागरिक समाजले जनाएको छ । 

वेत्रावती–धुञ्चे, स्याफ्रूखण्डको पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आवश्यक उपकरण र प्राविधिक तैनाथ भए पनि ग्रामीण क्षेत्रका कृषि सडक मर्मत नहुँदा सधँै सडक समस्या भोग्नु परेको त्यहाँका बासिन्दाको गुनासो थियो । 

भिरालो भू–भाग, भारी वर्षाका कारण कुन ठाउँमा पहिरो जान्छ भन्ने ठेगान नहुँदा स्यापु्रm–रसुवागढीखण्डको लिङलिङ क्षेत्र पनि जोखिम रहेको यहाँका सवारी चालकले बताए । भारी वर्षाका कारण नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिका केही भागमा जोखिम बढ्दै गएकोे हो । 

हाकु क्षेत्र पुग्ने मोटर बाटोको निर्माण रोकियो 

सदरमुकामको नजिकै रहे पनि भौगोलिक अवस्थितिका कारण विकट रहेको हाकु क्षेत्रमा निर्माण गर्र्न लागिएको मोटर बाटोे वर्षाका कारण स्थगित भएको छ । 

आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार रसुवाकै इतिहासमा स्थानीय सरकारको तर्फबाट हाकुबेँसीदेखि ठूलोहाकुसम्म डोजरको सहायताले करीब १० किलोमिटर सडक निर्माणको काम अगाडि बढाइएको र भारी वर्षाका कारण हुनसक्ने भू–क्षय न्यूनीकरण गर्न निर्माण कार्य स्थगन गरिएको हो । 

हाकुबँेसीको त्रिशूली नदीमा पक्की पुल निर्माणका लागि माथिल्लो त्रिशूली जलविद्युत् आयोजनासँग परामर्श भई रहेको गाउँपालिकाले जनाएको छ । 

चालु आर्थिक वर्षमा ठूलोहाकुसम्म मोटरबाटो पु¥याइसक्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिका अध्यक्ष तामाङले ट्र्याक खोल्न रु ९५ लाख विनियोजन गरिसकेको र ट्र्याक खोल्ने काम ५० प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो । 

हाकुका बासिन्दा बिरामी पर्दा अहिलेसम्म डोकोमा बोकेर धुन्चेको जिल्ला अस्पताल पु¥याउने गरिएकामा अब एम्बुलेन्स चल्ने भएकाले खुशी लागेको छ भन्दै स्थानीय निमधर्के तामाङले मोटर बाटोले खाद्य सामग्री ल्याउन, खेतबारीका कृषि उपज ताजाताजै व्यापारिक केन्द्रमा पुु¥याउन र निमार्णका सामग्री ढुवानीमा सहज हुने आशा पलाएको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई