२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्नुस्, ज्यानै जाला !

२०७५, २३ श्रावण बुधबार ०६:२४

साउन २३, चितवन | सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन् । 

उनीहरुले सर्पले डसेको अङ्गलाई नचलाई जतिसक्दो छिटो अस्पताल पुर्याउनु नै उत्तम उपाय भएको बताएका छन् । वर्षात्को मौसम भएकाले सर्प बढी मात्रामा बाहिर निस्कने गर्दछ । खेतबारी र झाडीमा काम गर्नुपर्ने भएकाले पनि सर्पले डस्ने जोखिम यो मौसममा बढी हुने गर्दछ । 

भरतपुर अस्पतालमा सर्पदंशको उपचार र अनुसन्धान गरिरहनुभएका प्रा डा विजयप्रसाद पौडेल सर्पले डसेमा परम्परागत विधिबाट उपचार गर्नाले धेरैको अकालमा ज्यान जाने गरेको बताउनुहुन्छ । जतिसक्दो छिटो सर्पदंशको उपचार हुने ठाउँमा पुर्याउन सकेमा बचाउन सकिने उहाँको भनाइ छ । 

उहाँका अनुसार सर्पले टोकेको अङ्गलाई चलाइरहनु हुँदैन । खुट्टामा विषालु सर्पले डसेको भए बिरामीलाई हिँडाएर अस्पताल लग्नु हुँदैन । शरीरको जुन भागमा सर्पले डसेको छ, त्यो भागलाई नचलाइ, स्थिर गरी बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्छ । 

सर्पले डसेको अङ्ग मुटुभन्दा माथि लग्नु हुँदैन । डसेको भागलाई बढी चलाउँदा विष फैलिने क्रम बढ्छ । 

यसैगरी विषालु वा विषहीन जुनसुकै सर्पले डस्दा परम्परागत विधिअनुसार विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने चलन छ । कहिलेकाहीँ मुखले चुसेर रगत झिक्ने पनि गरिन्छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको संक्रमणको जोखिममा समेत वृद्घि हुन्छ । सर्पदंश भएको ठाउँमा आगोले डाम्नु, चुस्ने वा काट्नेजस्ता प्रक्रिया अपनाउनु गलत भएको उहाँको भनाइ छ । चिकित्सकका अनुसार मुखले चुस्दा रगतको नली खुल्ला हुन्छ र विष चाँडै फैलिन्छ । 

विज्ञहरुका अनुसार सर्पले डसेको बिरामी उत्तेजित हुने गर्दछन् । यसले शरीरमा रगतको सञ्चार बढ्छ र यसले विष फैलाउँछ । बिरामीको डर घटाउने उपाय गर्नुपर्छ । साथै उनीहरुमा हृदयघातसमेत हुनसक्ने भएकाले बिरामीलाई सान्त्वना दिएर शान्त राख्नु पर्दछ । 

भरतपुर अस्पतालमा वर्षेनी ५०० देखि ६०० सर्पदंशका बिरामी आउने गर्दछन् । जसमध्ये विषालु सर्पले डसेर सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको संख्या १० प्रतिशतभन्दा बढी हुने गर्दछ । गत वर्षको चैतदेखि असोजसम्मको मौसममा ५४ जनालाई सघन उपचार कक्षमा उपचार गरिएको थियो । जसमध्ये पाँच जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस