साउन २४, काठमाडौँ | ५ जेठ ०७४ मा बलात्कारपछि हत्या गरिएको ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गत हुन पनि एक बर्ष लाग्यो ।

अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराम रनपैली डल्लुस्थित एक घरको बल्लो पल्लो कोठामा भाडामा बस्थे ।

छिमेकीका हिसाबले चिनजान र कुराकानी स्वभाविक थियो ।

यसको फाईदा उठाउँदै विश्वरामले अमृतालाई बलात्कारपछि हत्या गरे ।

- आजको नयाँ पत्रिकामा यो खबर छ ।