2026-10-21 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष राष्ट्र निर्माणका लाग्ने योजनाका साथ अघि बढ्ने बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा सभापति थापाले यसअघि पटक पटक अवसर पाउँदा त्यसलाई सदुपयोग गर्न नसकेको भन्दै आगामी पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर राष्ट्र निर्माणका लाग्ने योजनाका साथ अघि बढ्ने बताएका हुन् ।

उनले पार्टीको प्रतिज्ञा पत्रमा समेत पाँच वर्षपछि परिणाम दिने योजना समेटिएको जानकारी दिए । इतिहासका विभिन्न घटनाहरूबाट प्रेरणा लिएर कांग्रेसले अहिलेको युवाहरूले खोजेको जस्तो देश बनाउने जिम्मेवारी लिन चाहेको उनले बताए । उनले देश बनाउन सक्ने सबैभन्दा पुरानो पार्टी कांग्रेस नै भएकाले कांग्रेसका एजेन्डाहरू तल्लो तहसम्म पुराउनुपर्नेमा जोड दिए । नेपाललाई अहिले सुधार चाहिएकाले सुधारको ग्यारेन्टी लिएर आफूहरू चुनावमा होमिएको उनको भनाइ छ । उनले देश बनाउन सबै राजनीतिक दलहरूलाई मिलाएर लैजानुपर्ने भएकाले यसको नेतृत्व कांग्रेसले गर्ने धारणा राखे ।

सभापति थापाले लोकतन्त्रलाई हाइज्याक हुने कुराबाट बचाउनका लागि, डेलिभरीका लागि र परिणामका लागि समेत बदलिएर आएको कांग्रेस सक्षम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ