बिदेशबाट सिधै प्रेमीकाको घरमा आई उनका श्रीमानको हत्या

साझासवाल
4 Min Read

प्रेम सुनार | भदौ २२, बुटवल | अर्घाखाँचीमा फेशबुकबाट माया प्रेम बस्न गएका एक प्रेमीले बिदेशबाट सिधै प्रेमीकाको घरमा आई उनका श्रीमानको हत्या गरेका छन् ।  गत  सोमबार सन्धिखर्क नगरपालिका–१२ बस्यालटोला नजिकै टाउको काटिएको अवस्थामा बोरामा फालेको अबस्थामा भेटिएको शवको पहिचान हुने क्रममा यस्तो रहश्य फेला परेको हो ।

सन्धिखर्क १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शव कपिलबस्तु वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको रहेको पुष्टी जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले गरेको हो ।

यस्तो छ घटनाकाको नालेबेली

डिभर्ना बस्याल टोलाका महिलाहरु खर्यानमा घास काट्न गएको समयमा गन्ध आएपछि के मरेछ भनेर खोज्दै जादा स्थानीयहरुले अनुहारनै नचिनिने अबस्थामा मानसिको शव देखेका थिए । मानिसको शव देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए ।

बेवारिसे शव भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । बेवारिसे शव भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने ३६ बर्षको धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राती श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन । शव हेरेपछि मेरो श्रीमानको शव हैन भनेर राधा फर्किइन । प्रहरीले राम्रो संग हेर्नुस हुन सक्छ भन्दा मेरो श्रीमानलाइ मैले भन्दा अरु कसले चिन्न सक्छ रु उनले भनिन यो शव मेरो श्रीमानको हैन । आफ्नो श्रीमानको लास नभएको भन्दै राती नै राधा घर फर्केकी थिईन ।

प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शवको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताइन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन । हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिन ।

राधा र रमेशको प्रेम फेसबुक र भाइबर बाट सुरु भयो । रमेश विदेश बाट घर फर्कीए पछि आफनो घर नगइ भदौ १० गते रुकुम घर बताउने रमेश विक बिदेशबाट राधाको घरमा आए । उनी राधा संगै राधाको घरमा तीन दिन बसे । उता कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निवासी ३३ बर्षिय राधा घर्तिमगरको श्रीमान ३६ बर्षका धन बहादुर घर्तिमगर कामको सिलसिलामा बागलुङ गएका थिए  ।

श्रीमतिको चर्तिकला थाह पाएरै यसरी फर्केका थिए उनि

सोही मौका छोपी राधा, राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा तय गरे । सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वाड नम्वर १२ डिभर्नाको बस्याल टोला पुगे ।

दशैमा घर आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धन बहादुर घर्तिमगर अचानक घर आए । तर श्रीमतीलार्इ देखेनन । श्रीमतीलाई नदेखेपछि फोन गरे । फोनमा किन नभनि माइति गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । त आउने कि म आम भनेर चर्काचर्की भयो । राधाले तपाई आउन पर्दैन । भाडा छैन । म भोलि आउछु भनेर भनिन । फोनमा भनाभन पछी कुराकानी सकियो ।

रिसले चुर भएका धनबहादुर एक्कासी १३ गते साझनै ससुराली डिभर्ना आइपुगे । ससुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु बिच भनाभन सुरु भयो । भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्विकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले बताए ।

धनबहादुरको हत्या गरेको अर्को दिन राधा र रमेश बिहानै कपिलबस्तु तर्फ लागे । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलगिकन आफ्नो सुटकेस पठाइदिन भनेर बनगाइबाट हिडेको राधाले बताएकी छन । राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Share This Article
Leave a Comment

Leave a Reply