असोज ४, काठमाडौँ | अनुसन्धानकर्ता दशरथ न्यौपानेले भारतको राजस्थानस्थित डा केएन मोदी विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको छ ।
‘एग्रेसन इन खालेद हुसेनीज् अ थाउजेन्ड स्प्लेण्डिड सन्स्’ शीर्षकअन्तर्गत अङ्ग्रेजी साहित्य विषयमा न्यौपानेले अध्ययन अनुसन्धान गरेर विद्यावारिधि उपाधि पाउनुभएको हो ।
उहाँले सन् २०११ देखि २०१८ सम्म सात वर्ष लगाएर उक्त विषयमा विद्यावारिधि गर्नुभएको थियो । न्यौपानेले यही सोमबार भारतको डा केएन मोदी विश्वविद्यालयबाट उक्त उपाधि लिनुभएको हो ।
लमजुङ राइनास नगरपालिका–१ का न्यौपानेले अमेरिकी, भारतीय र नेपाली विभिन्न जर्नलमा समेत अनुसन्धानात्मक लेख प्रकाशित गरिसक्नुभएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!