२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंका लागि अग्रिम बुकिङ भोलिदेखि खुल्ने

२०७५, ८ आश्विन सोमबार १०:३९

असोज ८, काठमाडौं | यातायात व्यवसायीहरुले मंगलबारदेखि दशैंका लागि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरेका छन् ।

सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएसँगै व्यवसायीहरुले दशैंका लागि मंगलबारदेखि अग्रिम बुकिङ खुल्ला गर्ने भएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले मंगलबारदेखि दशैंमा काठमाडौंबाट घर जाने यात्रुका लागि बसको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

बैठकले यातायात व्यवस्था विभागले शनिबार सार्वजनिक गरेको सार्वजनिक यातायातको १० प्रतिशत बढेको भाडा सोमबारदेखि नै लागु हुने गरी अनुमोदन समेत गरेको सिटौलाले बताए । 

सरकारले दशैंपछि मात्रै भाडाको विषयमा कुरा गर्ने भने पनि व्यवसायीहरु आफ्नो अडानबाट पछि नहटेपछि भाडा बढाएको थियो । यसअघि गत ५ गतेदेखि अग्रिम टिकक बुकिङ खुल्ला गर्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि व्यवसायीले भाडा समेत बृद्धिको माग राखेका थिए । 

दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो