२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य पत्रकारहरु सम्मानित

२०७५, २३ आश्विन मंगलवार १५:३६

असोज २३, काठमाडौँ | पत्रकारिताका माध्यमबाट मानसिक स्वास्थ्य एवं मनोविज्ञान क्षेत्रको सम्वर्धन, प्रवर्धन र विकासमा योगदान पुर्‍याएको भन्दै विभिन्न संचार गृहका स्वास्थ्य पत्रकारहरु सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा एभिन्यूज टेलिभिजनका पत्रकार राजिब खत्री, गोरखापत्र दैनिकका सरोज ढुंगेल, हाम्रो डक्टर डटकम, स्वास्थ्य व्यवसायी दिवाकर गौतम र रेडियो अन्नपूर्ण नेपाल रहेका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस २०१८ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।


सो अवसरमा मानसिक स्वास्थ्य क्षेत्रमा योगदान गर्ने अरु विभिन्न विधाका व्यक्ति तथा संस्थाहरु सम्मानित भएका छन् ।

सम्मानित हुने अन्यमा आट थेरापिष्ट सपना शाह, नेपाल एकेडेमी अफ साइकोलोजीकी भगवती भट्टराई, मनोचिकित्सक एवं सहायक प्राध्यापक डा देवब्रत जोशी, बरिष्ठ मनोरोग विशेषज्ञ प्राडा देशराजबहादुर कुँवर, समाजसेवी दोर्जे डोल्मा गुरुङ, अर्किट केयर होमकी यमुना कटुवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा