२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरव कोरोना अघिको लयमा फर्कदै

२०७८, १ कार्तिक सोमबार १३:०८

कात्तिक १, काठमाडौँ | नेपालीहरूको मुख्य श्रम गन्तव्य मध्ये एक साउदी अरब बिस्तारै कोरोना संक्रमण अघिकै लयमा फर्कदैछ ।

साउदीको नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि सबै विमानस्थलहरू पूर्ण क्षमतामा उडान सञ्चालन गरेको छ । साउदीले विमानस्थलहरुमा प्रवेश गर्ने यात्रुहरूको कोरोना बिरुद्धको खोप लगाए/नलगाएको रेकर्ड एपमार्फत चेक गर्छ । साथै पूर्ण खोप लगाएकाहरूले बाहिर निस्कदा मास्क लगाउने र सामाजिक दूरी पालना गर्ने सम्बन्धि नियम समेत अनिवार्य छैन । त्यस्तै पूर्ण खोप लगाएकाहरुले विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनमा शारीरिक दूरी समेत कायम नराखी निर्वाधन आउ/जाउ गर्न सक्नेछन् । भित्र काम गर्दा भने सामाजिक दुरी र माक्स लगाउनुपर्ने नियम पालना गर्नुपर्नेछ । 

साउदिले पछिल्लो पटक कोरोना संक्रमण अवधिमा यात्रा गर्न नपाएर रद्द भएका उडान र रद्द भएका टिकटहरूका लागि यात्रुले चाहे बमोजिम कुनै अतिरिक्त शुल्क नलिई समय परिवर्तन गर्न सक्ने जनाएको छ ।

साउदीले कोरोना भाइरसको फैलावट रोक्न गत वर्ष २७ फेब्रुअरी २०२० देखि तीर्थयात्रीहरूमा अस्थायी प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ