Skip to content
Friday, July 17, 2026 Nepali Online Media

छथर क्याम्पसमा नेविसंघ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रकाश धौलाकोटी/ पुस ७, तेह्रथुम । हमरजुङ गाउँ विकास समिति स्थित छथर बहुमुखी क्याम्पसमा पवित्रा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सरोज खड्का, सचिवमा रमिला कटुवाल, सहसचिवमा सिर्जना थापा र कोषाध्यक्षमा सविना खड्का चयन भएका छन् ।

समिति नेपाल विद्यार्थी संघका जिल्ला सभापति जुली सुब्बा, सचिव कृष्ण बाँस्कोटा र सहसचिव सुमन बस्नेतको आतिथ्यतामा गठन भएको हो ।