2026-08-30 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिपक्षको अवरोधले संसद बैठक स्थगित, पहिलो गासमै ढुङ्गा

असोज २३, सुर्खेत | प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण दुई महिनापछि बसेको कर्णाली प्रदेश सभा बैठक स्थगित गरिएको छ । सरकारले संसदलाई बिजनेस दिन नसकेको र चालु आर्थिक बर्षको बजेट पारित भएको तीन महिना बितिसक्दा पनि रातो किताब नल्याउको भन्दैे प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेको हो । यस अघि विभिन्न माग राख्दै प्रतिपक्षी काँग्रेसले दुई पटक संसद अवरुद्ध गरेको थियो । मंगलबार बसेको प्रदेश सभा बैठकको सुरुमै सभामुखसंग समय लिएर बोलेका काँग्रेस सांसद दिनबन्धु श्रेष्ठले सरकार जनताप्रति जिम्मेवार नभएको र संसदलाई दुई महिनासम्म ‘बिजनेस’ नदिएर बन्धक बनाएको भन्दै मुख्यमन्त्रीले संसदमा जवाफ दिनु पर्ने माग गरेका छन् ।

कर्णाली प्रदेश सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने भन्दै प्रतिपक्षी सांसद सदनमा उभिए पछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । प्रतिपक्षी काँग्रेससंगको छलफल सकारात्मक नभए पछि मंगलबार बस्ने भनिएको संसदको ३९ औं बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । दुई महिना पछि बसेको प्रदेश सभा बैठक सुरु नहुँदै स्थगित गरिएको थियो । प्रदेश सभा बैठक बुधबार बिहान मुख्यमन्त्रीसहितका सरकारका मन्त्रीसंग छलफल गरि निश्कर्षमा पुगिने काँग्रेस सांसद दिनबन्धु श्रेष्ठले बताए ।

कर्णालीको समृद्धि र बिकासका लागि प्रतिपक्ष नभएर सरकारसंगै मिलेर जान चाहेकेको भए पनि सरकारले त्यसलाई प्रतिपक्षको कमजोरी ठानेको श्रेष्ठको आरोप छ । ‘हामीले सुरुमै कर्णालीको बिकासका लागि गरिने सरकार हरेक क्रियाकलापहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छौ’ श्रेष्ठले भने, ‘प्रतिपक्षको सहयोगकै कारण सबै भन्दा पहिला प्रदेशको नामाकरण र राजधानी तोकिएको हो । तर, सरकार स्वच्छाचारी बन्न थालेपछि त्यसलाई नियन्त्रण गर्नु प्रतिपक्षको धर्म हो ।’ बजेट पारित भएको तीन महिना बितिसक्दा पनि प्रदेश सरकारले रातो किताब नल्याएको प्रतिपक्षी काँग्रेसको आरोप छ ।

कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारले रातो किताब संसदमा उपलब्ध गराई सकेको दावी गरेका छन् । बजेट पारित भए लगत्तै सरकारले रातो किताब बाँडि सकेको उनले बताए ।  ‘बिषयगत मन्त्रालयको बजेट पनि योजनाअनुसार ब्रेक डाउन गरी सबै मन्त्रालयको वेभसाइडमा राखिएको छ’ मन्त्री ज्वालाले भने, ‘भौतिक बिकास मन्त्रालयबाहेक सबै मन्त्रालयले योजनासहितको बजेट ब्रेक डाउड अनलाईनमै राखिएको छ ।’

पहिलो गासमै ढुङ्गा

दुई महिनादेखि स्थगित कर्णाली प्रदेश सभा बैठक मंगलबार नयाँ भवनमा सुरु गरिएको थियो । पहिलो पटक कर्णाली प्रदेश सभाले आफ्नै भवनमा संसद बैठक बस्न थालेपछि साँसदहरु पनि निकै उत्साहित देखिन्थे । नयाँ  संसद भवनको उद्घाटन गर्ने भन्दै मिठाइ खाएर हलभित्र प्रवेश गरेका साँसदहरुको झण्डै २० मिनेट हलभित्रको बसाइँ मौनधारण गरे जस्तै बन्यो । सभामुखले बैठकको कार्यसूचीबारे जानकारी गराउन लाग्दा समय मागेका प्रतिपक्ष सांसदको ५ मिनेटको भाषण पछि हलमा सन्नाटा छायो । सभामुखले प्रतिपक्षी सांसदलाई पटक पटक आसन ग्रहण गरी बैठक सञ्चालन गर्न आग्रह गर्दा पनि प्रतिपक्षहरु नबसे पछि १० मिनेटका लागि स्थगित गरिएको बैठक फेरी बस्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने