By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    11 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    14 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    14 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    14 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    17 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: उपभोक्तालाई ठगी गर्नेलाई तीन लाखसम्म जरिवाना हुने !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > उपभोक्तालाई ठगी गर्नेलाई तीन लाखसम्म जरिवाना हुने !
काठमाडौँ - KTMसमाज

उपभोक्तालाई ठगी गर्नेलाई तीन लाखसम्म जरिवाना हुने !

साझासवाल
Last updated: October 25, 2018 11:05 am
साझासवाल
4 Min Read
Share

अशोक घिमिरे | कात्तिक ८, काठमाडौं | कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिवानामा पर्नुहोला । 

हालैमात्र जारी ऐनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न निषेध गरेको छ । उपभोक्ता संरक्षण ऐनको दफा १६ ले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री गर्न नपाइने व्यवस्था छ । त्यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्ने व्यापारीलाई पनि कानूनले कठघारामा ल्याउनेछ । बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले उपभोक्तालाई ठगी गरेको पाइएमा निरीक्षण अधिकृतले तत्काल जरिवाना गर्न सक्ने उक्त ऐनमा उल्लेख छ । 

वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु तथा सेवा बिक्री वितरण गरेमा निरीक्षण अधिकृतले अनुगमन क्षेत्रमै रु दुईदेखि तीन लाखसम्म जरिवाना गर्न सक्ने ऐनमा व्यवस्था छ । बजार अनुगमनमा खटिइएका बजार निरीक्षण अधिकृतले पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनका लागि खरीद गरेको वस्तु वा सेवाका उत्पादक, खरीद बिल वा बिजक नराखेमा रु पाँचदेखि २० हजारसम्म जरिवाना गर्न सक्नेछन् । 

त्यस्तै कुनै वस्तु वा सेवा सञ्चित गरी वा अन्य कुनै तरिकाले कृत्रिम अभाव खडा गर्ने र निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा बिक्री गर्ने तथा त्यस्तै प्रकृतिका अन्य कुनै काम गर्ने व्यापारीलाई रु ५० हजारदेखि एक लाखसम्म जरिवाना हुनेछ । ऐनले निषेध गरेका कार्य दोहोर्याएमा पटकैपिच्छे दोब्बर जरिवाना गर्न सक्ने व्यवस्था छ । बजार अनुगमन गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्न लागि परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै लैजाने जनाएको छ । विभागले अनुगमनलाई तीव्रतासमेत दिएको छ । 

अनुगमनका क्रममा दिनुपर्ने भन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको पाइएपछि बुधबारमात्रै विभागले कागेश्वरी मनहरा नगरपालिका–९ (साविक गोठाटार–७) स्थित भद्रकाली आयल स्टोरलाई तत्कालै रु दुई लाख जरिवाना गरेको थियो । सो स्टोरले उपभोक्तासँग प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो । 

अनुगमन टोलीले उक्त स्टोरलाई जरिवाना रकम एक साताभित्र विभागमा दाखिला गर्न निर्देशनसमेत दिनाका साथै उक्त स्टोरको कारोवारसमेत रोक्का गरेको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले उपभोक्ता ठगी गर्नेलाई तत्कालै जरिवाना गरिएको ऐन जारी भएपछिको पहिलो घटना भएको बताउनुभयो । उहाँले बजारलाई व्यवस्थित, मर्यादित र सन्तुलित बनाउन अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाइ निरन्तरता दिइएको बताउनुभयो ।महानिर्देशक गौचनले भन्नुभयो, “हामीले चाडपर्व नभनी अनुगमनलाई निरन्तरता दिँदै आएका छौँ । दशैँका बेलामा पनि उपभोक्ता ठगिनु नपरोस् भनेर काठमाडौँ उपत्यकामा दुई वटा टोली परिचालन गरेर अनुगमनलाई निरन्तरता दियौँ ।” 

विभागले ऐन जारी हुनुपूर्व अनुगमनका क्रममा कैफियत भेटिए सचेत गराउने र शिलबन्दी गर्दै आएको थियो । “अनुगमनका क्रममा कैफियत भेटिए अब ऐनले व्यवस्था गरेको प्रावधानअनुसार कडाभन्दा कडा कारवाही गरिन्छ”, महानिर्देशक गौचनले भन्नुभयो । ऐनको प्रभावकारी कार्यान्वयनका लागि निमावली, मापदण्डलगायत अन्य व्यवस्था गर्न सरकारले तयारी गरेको उहाँले बताउनुभयो । 

उपभोक्ता अधिकारकर्मी माधव तिम्सिनाले उपभोक्ता संरक्षण ऐनलाई सार्थक रुपमा कार्यान्वयन गर्न सरकारले तत्काल नियमावली र कार्यविधि निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको संरचनाबाट उपभोक्ता ठगी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न नसकिने भएकाले विशेषज्ञसहितको चुस्त र पारदर्शी स्थायी संयन्त्र बनाइनुपर्ने उहाँले बताउनुभयो । विभागले उपभोक्ताको अधिकार संरक्षणका लागि नियमित रुपमा वस्तु तथा सेवाको आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, लेबल आदिको नियमन र अनुगमन गर्दै आएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाजुरामा बौलाहा स्यालको आतङ्क
Next Article धर्मराज पोखरेलको ‘रुदै धरर’ विन्दावासिनी म्युजिक अर्वाडमा छनौट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

भारतमा ‘बी–टेक’ पढिरहेकी बुटवलकी प्रकृति लम्सालको शंकास्पद मृत्यु, प्रेमी प्रहरी हिरासतमा

1 year ago
झापा - JPमुख्य समाचारसमाज

पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते

2 years ago

एमाले धनवाङले सोमबार कपुरकोट बजार सरसफाइ गर्ने

57 years ago
काठमाडौँ - KTMसमाज

नेपालमा २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?