2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा ‘बी–टेक’ पढिरहेकी बुटवलकी प्रकृति लम्सालको शंकास्पद मृत्यु, प्रेमी प्रहरी हिरासतमा

काठमाडौँ | भारतको कलिंगा एन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्यु शंकास्पद भएको छ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल मृत भेटिएको भारतीय समाचार माध्यमले जनाएका छन्। कलेजले भने उनले आत्महत्या गरेको भनिए पनि घटना शंकास्पद रहेको बताइएको छ।

कलेजले जारी गरेको विज्ञप्तिमा ‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ ।त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ’ भन्ने उदृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन्।

ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुव्र्यवहारमा परेको जनाएको छ। उक्त पत्रिकाले मृत्युको यकिन कारण नखुलेको पनि दाबी गरेको छ।

यही बीचमा सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुव्र्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ।

अहिले प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई समेत सुरक्षागार्ड र होस्टलका वार्डेनहरु प्रयोग गरेर दबाउन खोजिएको भनिएको छ।

प्रदर्शन बढ्दै गएपछि कलेजमा प्रहरी परिचालन गरेर स्थितिलाई साम्य पारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। लम्सालको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ।

नेपाली विद्यार्थीहरूलाई अहिले प्रशासनले स्थिति सामान्य नभएसम्मका लागि विदा बस्न भनिएको छ।

संवाद इङ्लिस अनलाइनले भने अद्विक श्रीवास्तव नामका व्यक्तिलाई उनकी प्रेमिका प्रकृति लम्सालको आत्महत्याबाट भएको कथित मृत्युको सम्बन्धमा प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ।

प्रहरी अधिकारीले भनेका छन्,‘हामीले मृतकका परिवारका सदस्यहरूलाई जानकारी गराएका छौं। अभियुक्तलाई पक्राउ गरिएको छ। उनीसँग सोधपुछ भइरहेको छ। युवतीको मृत्युको कारण पत्ता लगाउन यस विषयमा थप अनुसन्धान भइरहेको छ।’

अर्कोतर्फ, सामाजिक सञ्जालमा अद्विक र प्रकृतिबीचको कुराकानी भएको अडिओ क्लिप भाइरल भएको छ। क्लिपमा एक युवकले एक केटीलाई दुव्र्यवहार र उत्पीडन गरेको सुनिएको छ।

फेब्रुअरी १६ साँझ केआईआईटी विश्वविद्यालयको होस्टेल क्याम्पसमा प्रकृति रहस्यमय परिस्थितिमा मृत फेला परेपछि अराजक दृश्यहरू देखा परे। उनीहरूको तनावपूर्ण सम्बन्धको कारण अद्विकले कथित रूपमा उत्पीडन गरेपछि उनले आत्महत्या गरेर मृत्यु भएको आशंका गरिएको छ।

घटनापछि, आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिए र प्रकृतिको न्यायको माग गर्दै क्याम्पसको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक