By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    8 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    8 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    9 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    9 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ - KTMसमाज

वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल

साझासवाल
Last updated: December 24, 2018 8:04 am
साझासवाल
5 Min Read
Share

पुस ९, काठमाडौं | जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ ।

त्यसको ठिक पछाडि गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चारवटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण वर्ष चिनाउनका लागि बनाइएको ‘सेल्फी प्वाइन्ट’ विदेशी पर्यटकका लागि सेल्फी फोटो खिच्ने ‘सेल्फी जोन’ बनेको छ । 

भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । अगाडि बढ्दै गर्दा विदेशीले पुनः सोध्छन्, ‘ह्वाइ दीस अगेन’ (फेरि यो किन) रु नेपालीको जवाफ हुन्छ, ‘इट इज आवर कल्चर’ (यो हाम्रो संस्कृति हो) ।

पर्यटक आगमन कक्षमा सजिएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ अनि त सेल्फी खिच्न भ्याइहाल्छन् ।

‘कुइरे’ पाहुना अचम्ममा पर्छन् अनि उत्साहित हुँदै अनगिन्ती प्रश्न सोध्न थाल्छन् । सुन्दा कथा झैँ लाग्ने यो मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९त्रिअवि० को बदलिँदो स्वरूपको यथार्थ चित्रण हो । 

पछिल्लो समय विमानस्थलको रूप फेरिएको छ । यहाँबाट बाहिरिने र भित्रिने दुवैखाले यात्रुले अब केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रूप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङ्गले सजाइँदैछ । 

विमानस्थलको स्तरोन्नत्तिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाई पर्यटकलाई आकर्षित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी जिम्मेवारी सम्हाले देखिनै लागि पर्नुभयो र अहिले त्यसको परिणाम विमानस्थल भित्रका दृश्यले उदाहरण प्रस्तुत गरेको छ । पर्यटनमन्त्रीको चासोलाई व्यवहारमा परिणत गर्न कस्सिएर जुट्नुभयो विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री पनि । 

‘मर्निङ सोज द डे’ (बिहानीले दिनको सङ्केत गर्छ) भनेझैँ विमानस्थलको फेरिँदो रूपले भविष्यमा आकर्षक ‘बुटिक एयरपोर्ट’ (बुटिक विमानस्थल) को रूपमा स्थापित हुने देखिन्छ । त्यस अनुरूपको योजना कार्यक्रम पनि बनिरहेको सरकारी अधिकारी बताउँछन् । हालै एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थललाई बुटिक विमानस्थल बनाउने बताउनुभएको थियो । पर्यटनमन्त्री अधिकारीले पनि बुटिक विमानस्थलको रूपमा स्थापित गरिने उल्लेख गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाट पर्ने भएकाले विमानस्थलको रूप बदल्न लागि परेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरूप काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने तस्बिर र काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रूप दिने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो । “ससाना कुरालाई सुधार गरेर विमानस्थलको स्तर र रूप फेर्न सकिन्छ भन्ने उदाहरण अहिलेको सुधारले देखाएको छ”, उहाँले भन्नुभयो । 

विमानस्थलको आगमन कक्षमा मुख्य चाडपर्व र समय अनुसारका संस्कृति झल्कने विविध सामग्री सजाइने गरिएको छ । भुइँमा कार्पेट बिछ्याइएको छ भने छेउछेउमा नेपाललाई चिनाउने दृश्यहरूका साथ घडा भरिएका कलश राखिएका छन् । कुनैबेला विरक्त लाग्ने विमानस्थलको फेरिँदो रूपले अन्तर्राष्ट्रिय जगत्को ध्यान खिच्न थालेको छ । 

आगमनबाट बाहिरिने बित्तिकै १० वटा हरियो र १० वटा कालो प्लेट नम्बरका ट्याक्सी लस्करै देख्छिन् । यात्रुलाई चढ्न मन लागे चढ्छन् नत्र आफ्नै व्यवस्थाले गन्तव्य पुग्छन् । विमानस्थलबाट अलि तल आउँदा व्यवस्थित पार्किङमा भरिभराउ सवारी साधन प्रतिक्षामा छन् । इच्छाअनुसार गन्तव्य पुग्न सकिन्छ । 

पहिलेजस्तै ट्याक्सी चालकको तँछाडमछाड, आगमन र प्रस्थान कक्षमा अत्यधिक भिडभाड, फोहोर शौचालय, बस्न नपाएर भुइँमै पल्टिएका यात्रुहरूको अवस्था अहिले दुर्लभ जस्तै बनेको छ । विमानस्थल पुग्ने जो कोहीले पनि झण्डै डेढ महिनाको अवधिमा विमानस्थलको रूप फेरिएको अनुभूति गर्नेछन् । अनि भन्नेछन्, ‘वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल ।’ 

विमानस्थलको पार्किङ परिवर्तन असाध्यै प्रभावकारी बनेको छ । पहिला भिडभाड, चोरी लुटपाटका घटनासमेत हुन्थे । अब भने उक्त क्षेत्रमा सुरक्षा जडित यन्त्र सिसिक्यामेरा पनि जडान गरिएको छ । विमानस्थलका इञ्जिनियर चन्द्रमणि सापकोटाले पहिला ट्याक्सीको भिडभाड हुने क्षेत्रमा सौन्र्दयकरणका लागि बगैँचा बनाएर फूल रोपिने जानकारी दिनुभयो । 

विमानस्थल प्रवेश गर्ने र बाहिरिने सवारीका कारण प्रायः अस्तव्यस्त रहने मुख्य प्रवेशद्वारतर्फको सडक अहिले खुला देखिन्छ । विमानस्थल प्रवेशका लागि मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश मात्र गर्न पाइनेछ भने फर्कँदा नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रको गेटबाट बाहिरिनुपर्नेछ । 

विमानस्थलको शौचालय सफाचट देखिन्छ । सफाइका लागि कर्मचारी खटाइएको छ । टर्मिनल भवनको दोस्रो तलामा सुरक्षा अध्यागमनको प्रक्रिया पार गरेर सुरक्षा जाँच हुनुअघिको खाली ठाउँमा हालै नयाँ कार्पेट बिछ्याइएको छ । ‘ड्युटी फ्री’ पसलअघिको उक्त स्थानमा नयाँ कार्पेटले सौन्दर्य थपेको छ ।

विमानस्थल परिसरमा पहिला व्यापारिक होडिङबोर्ड हुन्थे तर अहिले नेपालको कला, संस्कृति र पहिचान झल्कने तस्बिर राखिएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article निर्मला हत्या प्रकरण: हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह
Next Article मनास्लु क्षेत्रको जंगलमा भिषण आगलागी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा

57 years ago
समाज

क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

57 years ago
काठमाडौँ - KTMविश्व

विश्वकै दुर्लभ रगत ‘गोल्डेन ब्लड’ के हो ? जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ

57 years ago
समाजसुनसरी - SNS

सुनसरीको देवानगञ्जमा एम्बुलेन्स सेवा सञ्चालनमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?