२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल

९ पुष २०७५, सोमबार ०८:०४

पुस ९, काठमाडौं | जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ ।


त्यसको ठिक पछाडि गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चारवटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण वर्ष चिनाउनका लागि बनाइएको ‘सेल्फी प्वाइन्ट’ विदेशी पर्यटकका लागि सेल्फी फोटो खिच्ने ‘सेल्फी जोन’ बनेको छ । 

भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । अगाडि बढ्दै गर्दा विदेशीले पुनः सोध्छन्, ‘ह्वाइ दीस अगेन’ (फेरि यो किन) रु नेपालीको जवाफ हुन्छ, ‘इट इज आवर कल्चर’ (यो हाम्रो संस्कृति हो) ।

पर्यटक आगमन कक्षमा सजिएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ अनि त सेल्फी खिच्न भ्याइहाल्छन् ।

‘कुइरे’ पाहुना अचम्ममा पर्छन् अनि उत्साहित हुँदै अनगिन्ती प्रश्न सोध्न थाल्छन् । सुन्दा कथा झैँ लाग्ने यो मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९त्रिअवि० को बदलिँदो स्वरूपको यथार्थ चित्रण हो । 

पछिल्लो समय विमानस्थलको रूप फेरिएको छ । यहाँबाट बाहिरिने र भित्रिने दुवैखाले यात्रुले अब केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रूप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङ्गले सजाइँदैछ । 

विमानस्थलको स्तरोन्नत्तिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाई पर्यटकलाई आकर्षित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी जिम्मेवारी सम्हाले देखिनै लागि पर्नुभयो र अहिले त्यसको परिणाम विमानस्थल भित्रका दृश्यले उदाहरण प्रस्तुत गरेको छ । पर्यटनमन्त्रीको चासोलाई व्यवहारमा परिणत गर्न कस्सिएर जुट्नुभयो विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री पनि । 

‘मर्निङ सोज द डे’ (बिहानीले दिनको सङ्केत गर्छ) भनेझैँ विमानस्थलको फेरिँदो रूपले भविष्यमा आकर्षक ‘बुटिक एयरपोर्ट’ (बुटिक विमानस्थल) को रूपमा स्थापित हुने देखिन्छ । त्यस अनुरूपको योजना कार्यक्रम पनि बनिरहेको सरकारी अधिकारी बताउँछन् । हालै एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थललाई बुटिक विमानस्थल बनाउने बताउनुभएको थियो । पर्यटनमन्त्री अधिकारीले पनि बुटिक विमानस्थलको रूपमा स्थापित गरिने उल्लेख गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाट पर्ने भएकाले विमानस्थलको रूप बदल्न लागि परेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरूप काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने तस्बिर र काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रूप दिने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो । “ससाना कुरालाई सुधार गरेर विमानस्थलको स्तर र रूप फेर्न सकिन्छ भन्ने उदाहरण अहिलेको सुधारले देखाएको छ”, उहाँले भन्नुभयो । 

विमानस्थलको आगमन कक्षमा मुख्य चाडपर्व र समय अनुसारका संस्कृति झल्कने विविध सामग्री सजाइने गरिएको छ । भुइँमा कार्पेट बिछ्याइएको छ भने छेउछेउमा नेपाललाई चिनाउने दृश्यहरूका साथ घडा भरिएका कलश राखिएका छन् । कुनैबेला विरक्त लाग्ने विमानस्थलको फेरिँदो रूपले अन्तर्राष्ट्रिय जगत्को ध्यान खिच्न थालेको छ । 

आगमनबाट बाहिरिने बित्तिकै १० वटा हरियो र १० वटा कालो प्लेट नम्बरका ट्याक्सी लस्करै देख्छिन् । यात्रुलाई चढ्न मन लागे चढ्छन् नत्र आफ्नै व्यवस्थाले गन्तव्य पुग्छन् । विमानस्थलबाट अलि तल आउँदा व्यवस्थित पार्किङमा भरिभराउ सवारी साधन प्रतिक्षामा छन् । इच्छाअनुसार गन्तव्य पुग्न सकिन्छ । 

पहिलेजस्तै ट्याक्सी चालकको तँछाडमछाड, आगमन र प्रस्थान कक्षमा अत्यधिक भिडभाड, फोहोर शौचालय, बस्न नपाएर भुइँमै पल्टिएका यात्रुहरूको अवस्था अहिले दुर्लभ जस्तै बनेको छ । विमानस्थल पुग्ने जो कोहीले पनि झण्डै डेढ महिनाको अवधिमा विमानस्थलको रूप फेरिएको अनुभूति गर्नेछन् । अनि भन्नेछन्, ‘वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल ।’ 

विमानस्थलको पार्किङ परिवर्तन असाध्यै प्रभावकारी बनेको छ । पहिला भिडभाड, चोरी लुटपाटका घटनासमेत हुन्थे । अब भने उक्त क्षेत्रमा सुरक्षा जडित यन्त्र सिसिक्यामेरा पनि जडान गरिएको छ । विमानस्थलका इञ्जिनियर चन्द्रमणि सापकोटाले पहिला ट्याक्सीको भिडभाड हुने क्षेत्रमा सौन्र्दयकरणका लागि बगैँचा बनाएर फूल रोपिने जानकारी दिनुभयो । 

विमानस्थल प्रवेश गर्ने र बाहिरिने सवारीका कारण प्रायः अस्तव्यस्त रहने मुख्य प्रवेशद्वारतर्फको सडक अहिले खुला देखिन्छ । विमानस्थल प्रवेशका लागि मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश मात्र गर्न पाइनेछ भने फर्कँदा नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रको गेटबाट बाहिरिनुपर्नेछ । 

विमानस्थलको शौचालय सफाचट देखिन्छ । सफाइका लागि कर्मचारी खटाइएको छ । टर्मिनल भवनको दोस्रो तलामा सुरक्षा अध्यागमनको प्रक्रिया पार गरेर सुरक्षा जाँच हुनुअघिको खाली ठाउँमा हालै नयाँ कार्पेट बिछ्याइएको छ । ‘ड्युटी फ्री’ पसलअघिको उक्त स्थानमा नयाँ कार्पेटले सौन्दर्य थपेको छ ।

विमानस्थल परिसरमा पहिला व्यापारिक होडिङबोर्ड हुन्थे तर अहिले नेपालको कला, संस्कृति र पहिचान झल्कने तस्बिर राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द