2026-06-26 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै दुर्लभ रगत ‘गोल्डेन ब्लड’ के हो ? जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ

2019-01-25

काठमाडौं | रगत रातो हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले 'गोल्डेन ब्लड' अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ र प्रश्नचिन्ह स्वत: खडा हुन्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ?

तर रगतका विभिन्न समूहमध्ये 'गोल्डेन ब्लड' पनि एक हो । यो निकै दुर्लभ रगत समूह हो । जो विश्वमा एकदमै कम मानिसमा मात्र भेटिन्छ । यो रगत समूह भएका मानिसलाई विशेष मानिए पनि उनीहरुको लागि आफ्नो रगत समूह 'गोल्डेन' हुनु घातक हुनसक्छ । जुन रगत समूहलाई 'गोल्ड ब्लड' भनिन्छ, त्यसको वास्तविक नाम RH Null 'आरएच नल’ हो ।

आरएच नल के हो र यो किन महत्वपूर्ण मानिन्छ जसका कारण यसको तुलना सुनसँग गर्ने गरिन्छ ? आखिर यो रगत समूह हुनु उनीहरुलाई किन खतरा हुन्छ त ? 

खतरनाक ‘गोल्डेन ब्लड’

रगतमा जति पनि कम्बिनेशन छन्, त्यसमा RH Null सबैभन्दा फरक मानिन्छ । यदि कसैको रगतमा RH एन्टिजन नै छैन भने उसको रगत समूह RH Null अर्थात 'गोल्डेन ग्रुप' हुन्छ ।

बायोमेडिकल रिसर्च पोर्टल मोजाइकमा छापिएको एक लेखमा पेनी बेलीले लेखेका छन्, "पहिलोपटक यो रगत समूहको पहिचान सन् १९६१ मा गरिएको थियो । अष्ट्रेलियाकी एक महिलामा यो रगत समूह भेटिएको थियो । त्यसपछि अहिलेसम्म पूरै विश्वमा जम्मा ४३ मानिसमा यो रगत समूह भेटिएको छ ।"

नेशनल युनिभर्सिटी अफ कोलम्बियाका हेमाटोलोजी विशेषज्ञ नतालिया विलारोयाका अनुसार यो  रगत समूह वंशाणुगत रुपमा हुने गर्छ ।  

यो युनिभर्सल रगत समूह हो जो कुनैपनि RH र बिना RH को रगत भएका मानिसहरुलाई चढाउन सकिन्छ । तर यो आफैमा दुर्लभ रगत समूह भएकोले यो रगत दान एकदमै कमरुपमा गरिन्छ । नेशनल रिफ्रेन्स लेबोरेटरीका निर्देशक डाक्टर थिएरी पेरर्डका अनुसार एकदमै दुर्लभ भएका कारण नै यसलाई 'गोल्डेन ब्लड' भनिएको हो ।

बेलीका अनुसार यस समूहको रगत एकदमै महंगो हुनेगर्छ । कसैको नाम र ठेगानाबिना नै यो रगतलाई ब्लड बैंकमा राखिन्छ तर वैज्ञानिकहरुले आफ्नो अनुसन्धानको लागि भने यो रगत दान गर्नेहरुको नाम ठेगानासहित राखेको पाइएको छ ।

गोल्डेन ब्लड ग्रुप हुनु मानिसलाई चुनौती पनि भइदिन सक्छ । युएस रेयर डिजिज फर इन्फर्मेशन सेन्टरका अनुसार यो रगत समूह भएको मानिसमा एनिमिया अर्थात रक्तअल्पता हुने डर हुने गर्छ । र उनीहरुलाई रगत चढाउनुपर्ने भयो भने यस समूहको रगत भेटाउन पनि समस्या हुनेगर्छ ।

यदि अन्य देशमा यो रगत समूहका दाता भेटिहाले पनि यसलाई ल्याउन खर्चिलो साथसाथै झन्झटिलो हुने गर्छ ।

यस रगत समूहका मानिसहरु ब्राजिल, कोलम्बिया, जापान, आयरल्याण्ड र अमेरिकामा रहेका छन् । यो रगत समूहका मानिसहरुलाई आफ्नो रगत दान गरिराख्न प्रोत्साहन गरिएको छ । आवश्यक परेको बेला आफैलाई र यस समूहका अन्यलाई पनि काम लाग्न सक्छ । किनकी भनेको बेला यो रगत भेटाउन असम्भव जस्तै हुनेगर्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ