२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रहरीको ३० वर्षे अवधि हट्दै, एआइजी र डीआईजी थप्ने तयारी

२०७५, २८ फाल्गुन मंगलवार १०:४०

फागुन २८, काठमाडौं । नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हट्ने भएको छ । यसका साथै ३ जना एआइजी र २ जना डीआईजी थप्ने तयारीसमेत थालिएको छ ।

यस प्रस्तावका आधारमा हालका डिआइजीहरू शुरेशविक्रम शाह, मनोज न्यौपाने र केदार रिजाल एआइजी हुनेछन् । यस्तै डिआइजीका लागि भने एसएसपीहरू, वीरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, विश्वराज पोखरेल, उत्तम सुवेदी, बसन्त लामा लगायतको प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरी संसदबाट अनुमोदन हुनासाथ लागू हुनेछ ।

मस्यौदामा प्रहरी महानिरिक्षक (आइजी)को उमेर ५८ र कार्यकाल तीन वर्ष, प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) को ५७ र २ वर्ष, प्रहरी नायव महानिरिक्षक (डिआइजी)को ५६ र ४ या ५ वर्ष प्रस्तावित छ ।

यस व्यवस्था अनुसार हालका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको पदावधि एक वर्ष बढ्ने छ भने आगामी वर्ष तीन एआइजीहरू पुष्कर कार्की, ठूले राई र धीरु वस्नेत घर जानुपर्ने हुन्छ ।

नेपाल प्रहरीले तयार पारेको संघीय प्रहरी ऐन मस्यौदामा उक्त प्रावधान हटाएर प्रमुखको कार्यकाल र उमेरलाई आधार मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो