2026-07-11 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

निरन्तर बन्दका कारण बैंकमा रकम अभाव

अजयकुमार साह, भदौं २३, उदयपुर । करिब २६ दिन लामो
बन्द हडतालका कारण बैंकमा नोट जम्मा हुन नपाएपछि उदयपुरका दर्जन बैंक तथा वित्तिय संस्थाहरुमा रकम अभाव
हुन थालेको छ । संविधानमा आफ्नो हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै विरोधमा रहेका विभिन्न पार्टी
तथा समूहले गरेको तराई बन्दले रकम भित्राउन नसक्दा रकम अभाव भएको हो ।

उदयपुरमा राष्ट्रिय
बाणिज्य बैकले राष्ट बैक क्षेत्रिय कार्यालय जनकपुरबाट रकम ल्याउदै आएकोमा बन्दहडतालका कारण नोट ढुवानी
गर्न नसक्दा मौजाद रकमसमेत रित्तिदैँ गएको राष्टिय बाणिज्य बैङ्क गाईघाट शाखाले जनाएको छ ।

करिव
एक महिना देखि व्यापार व्यवसाय ठप्पहुदाँ रकम जम्मा हुन नसक्नु र रेमिट्यान्स लगाएत अन्य विभिन्न
कारोवारमा बढि रकम भुक्तानी भएको कारण नोटको अभाव भएको शाखा प्रबन्धक भोला कार्कीले बताउनु भयो

शाखा प्रवन्धक कार्कीका अनुसार बन्द जारी नै रहने हो भने तीनदिन पछि बाणिज्य बैक भुक्तानी दिन
नसक्ने स्थितिमा पुग्ने र बाणिज्य बैकमा आश्रित रहेका नीजी बैक पनि ठप्प हुने अवस्था रहेको छ

उदयपुरमा निजी क्षेत्रका एक दर्जन बाणिज्य बैकहरु संचालनमा रहेका छन । बन्दहडताल जारी रहँदा
नजिकिँदै गएको दशै, तिहार जस्ता चाडपर्ब समेत असर पुग्ने अनुमान गरिएको छ । बाणिज्य बैंकले धनुषा
जिल्लाबाट समेत नेपाली सेनाको सुरक्षामा रकम ल्याउने गरेको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट