2026-11-01 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

निरन्तर बन्दका कारण बैंकमा रकम अभाव

अजयकुमार साह, भदौं २३, उदयपुर । करिब २६ दिन लामो
बन्द हडतालका कारण बैंकमा नोट जम्मा हुन नपाएपछि उदयपुरका दर्जन बैंक तथा वित्तिय संस्थाहरुमा रकम अभाव
हुन थालेको छ । संविधानमा आफ्नो हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै विरोधमा रहेका विभिन्न पार्टी
तथा समूहले गरेको तराई बन्दले रकम भित्राउन नसक्दा रकम अभाव भएको हो ।

उदयपुरमा राष्ट्रिय
बाणिज्य बैकले राष्ट बैक क्षेत्रिय कार्यालय जनकपुरबाट रकम ल्याउदै आएकोमा बन्दहडतालका कारण नोट ढुवानी
गर्न नसक्दा मौजाद रकमसमेत रित्तिदैँ गएको राष्टिय बाणिज्य बैङ्क गाईघाट शाखाले जनाएको छ ।

करिव
एक महिना देखि व्यापार व्यवसाय ठप्पहुदाँ रकम जम्मा हुन नसक्नु र रेमिट्यान्स लगाएत अन्य विभिन्न
कारोवारमा बढि रकम भुक्तानी भएको कारण नोटको अभाव भएको शाखा प्रबन्धक भोला कार्कीले बताउनु भयो
।

शाखा प्रवन्धक कार्कीका अनुसार बन्द जारी नै रहने हो भने तीनदिन पछि बाणिज्य बैक भुक्तानी दिन
नसक्ने स्थितिमा पुग्ने र बाणिज्य बैकमा आश्रित रहेका नीजी बैक पनि ठप्प हुने अवस्था रहेको छ
।

उदयपुरमा निजी क्षेत्रका एक दर्जन बाणिज्य बैकहरु संचालनमा रहेका छन । बन्दहडताल जारी रहँदा
नजिकिँदै गएको दशै, तिहार जस्ता चाडपर्ब समेत असर पुग्ने अनुमान गरिएको छ । बाणिज्य बैंकले धनुषा
जिल्लाबाट समेत नेपाली सेनाको सुरक्षामा रकम ल्याउने गरेको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द