<p>चैत १२, काठमाडौँ | मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । <br></p><p>मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । </p><p>बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ । पूर्वी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना देखिएको छ । बिहीबार पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । </p>
मौसममा बदली, मेघ गर्जनसहित पानी पर्ने
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

