By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    19 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    23 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विसे पन्त, लमाए खोला र फलेवासवासी जनता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > विसे पन्त, लमाए खोला र फलेवासवासी जनता
पर्बत - PBTसमाज

विसे पन्त, लमाए खोला र फलेवासवासी जनता

साझासवाल
Last updated: April 4, 2016 9:14 am
साझासवाल
16 Min Read
Share

   –इन्द्रकान्त शर्मा

फलेवासको कमलो, नरम माटोमा जन्मिनु भएका ८–१० जना विशिष्ट व्यक्ति मध्येमा  स्व. विसे पन्त प्रमुख हुनुहुन्छ । फलेवासका समथर मैदानमा सिचाँइको शुरुवाती मजवुत जग  उहाँले राख्नुभएको थियो । आजको हराभरा फलेवासको श्रेय उहाँलाई नै जान्छ ।  विसे पन्त (देविप्रसाद पन्त) लमाएखोला पारिपट्टि अर्थात लिमीठाना निवासी हुनुहुन्छ । तर उहाँ लमाएखोलाको वारिपट्टि तत्कालीन फलेवास हालको खानीगाँउमा बस्नुहुन्थ्यो । लमाएभन्दा वारिपट्टिको खेतमा अर्थात हालको खानीगाउँ गा.वि.स.तर्फ ठाटी जस्तो नदि किनारमा रहेको एक्लो घरमा बस्नुहुन्थ्यो ।

त्यहि छाप्रोमा बस्दाबस्दै उक्त खोलाको पानी गाउँ घरमा ल्याउने विचार गर्नु भएको थियो र स्थानीय बुढापाकाहरुको भनाई अनुसार उहाँले नै फलेवासमा सिंचाइको लागि तल्लो कुलो भनिने नहर अर्थात हालमा सञ्चालनमा नहेरको पुरानो कुलो निमार्ण गर्नु भएको थियो । तर हाल सञ्चालमा रहेको करोडौँ रुपैयाको नहर त्यही कुलाको आधारमा निमार्ण गरिएको पाइन्छ । हरेक समाज गाउँ टोलमा एउटा दुइटा मान्छे मात्र सयौ वर्षसम्म स्मरण गर्न लायक हुन्छन ।

dihh

त्यसतै मध्येका फलेवासमा स्मरण गर्न लायक मान्छे हुनुहुन्छ विसे पन्त । समाजमा कैयौ मान्छेहरु चाहे ती आफुलाई उपल्लो तहकै किन नठानुन सम्पत्ति आर्जन गर्ने, खाने, मर्ने जाने सिद्धान्तमा आधारित हुन्छन् । तर विसे पन्त त्यसतो हुनुहुन्थेन । उहाँ त गर्ने, खाने,मर्ने, जाने चोला पनि कुनै चोला हो ? त्यसतो पनि कुनै जिन्दगि हो ? भन्ने पंतिmका विशाल हृदयका व्यक्तित्व हुनुहुन्थ्यो ।   सम्पत्ति आर्जन गर्ने, खाने र सुत्ने सँग मात्रै मतलब राख्ने व्यक्ति हुनुहुन्थेन विसे पन्त । त्यो भन्दा माथिल्लो तहको विचार राख्ने हुनुहुन्थ्यो उहाँ

फलेवास भरिमा करेसाबारी, वनपाखा जताततै अनि हिउँद वर्षा जुनसुकै समयमा फुल्ने फुलहरु अनि फेरि ठूलाखोर, चाम्लेस्वाँर, भुसालचौर,भनपोखरा सवैतिरका फाँटहरुले विसे पन्तलाई स्मरण गरेका हुन्छन् । साँझ बिहान उहाँको याद गरेका हुन्छन् । वर्षा र हिउँदमा जब जब खेति लगाउने र थन्काउने बेला हुन्छ तब तब विसे पन्त हरेक घर कुरियाको आँखामा, दीलमा, दिमागमा सबैतिर देखा पर्नुहुन्छ । फलेवासमा रवि फसल ९धष्लतभच अचयउक० र खरिफ फसल ९कगmmबच अचयउक० अर्थात बाह्रै मास खेतिपाती हुने हुनाले विसे पन्तलाई बाह्रैमास दिनरात स्मरण गर्ने गर्छन फलेवासवासी जनताले  सम्पन्नशाली उच्च वर्गको लागि टोकियो, सिंगापुर, सिडनि आदि ठूला शहर हुन्छन् । मध्यम वर्गका लागि नुन, भुटुन र भोटाका कुरा भन्दा अथवा विहान बेलुकाका दुईछाकका कुरा भन्दा मोटरबाटो विजुली, क्याम्पस, पुस्तकालय आदि कुरा महत्वपूर्ण हुन्छन् । र यी दुवै वर्गका कारणले तल्लो वर्गका आधारभूत समस्याहरु अर्थात खाना, नाना, छानाका कुराहरु ओझेलमा पर्छन, पेलाइमा पर्छन । तर विसे पन्तको सबभन्दा ठूलो योगदान तल्लो वर्गमा समेत सबै वर्गमा रह्यो । विसेपन्त बामपन्थी हुनुहुन्थ्यो । उहाँले फलेवासमा आधारभुत वर्गका लागि काम गर्नु भएको थियो । विशेष गरेर उहाँको कार्यले हेपिएका, दब्बिएका, थिचीएका, पिल्सीएका, हरमुनिका, खुरमुनिका, तप्केनिमुनिका, पातालखोएहरुले पनि आफ्नो जायजेथा पँुजि अनुसारको समान किसिमले लाभ उठाउन पाएका हुन ।

विसे पन्तले निस्कलंकरुपले सामाजिक सेवा गर्नुभएको थियो । के त्यसका पछाडि उहाँले कुनै मतको आशा राख्नु भएको थियो ? त्यसतो त अहिलेसम्म देखिएको, पाइएको वा सुनिएको छैन । कसैले त्यसतो भन्न पनि सकेको पाइदैन । सुनिदैन । वा कुनै स्वार्थ थियो ? त्यो पनि अहिलेसम्म देखिएको छैन । थाहा छैन ।  विसे पन्त (देवि प्रसाद पन्त) वि.स. १९९० सालमा जागिरको दौरानमा भारतको देहरादुन पुग्नुभएको र त्यहाँको पहाडि क्षेत्रमा सिँचाइ गरेको देखेर आफ्नो ठाउँमा पनि त्यसरि नै सिंचाइ गर्न सकिन्छ भनि जागिर छाडि आउनु भएको अनि उहाँ यस क्षेत्रमा गण्यमाण्य धनि व्यक्ति हुनुहुन्थ्यो भनि केहि पत्रपत्रिकामा वा संघसंस्थाका स्मारिकामा उल्लेख गरिएको पाइन्छ ।

 उहाँले अर्थात विसे पन्तले जागिर खाएकै भए पनि गण्यमाण्य धनि व्यक्ति हुनुहुन्थेन कि ?! उहाँकी जहानको स्थिति, अवस्थाले, लवाई खुवाइले त्यो कुरालाई अलि पुस्टि गर्दैन कि?! यो त हुनसक्छ कि उहाँसंग जो कुछ भएको धनसम्पत्ति विकासि आधुनिक जस्तै कुलाको निर्माणमा खर्च भएको होस् ।     फलेवास वाहेक जिल्लामा उहाँ जस्ता आफ्नो श्रीसम्पत्ति सामाजिक कार्यमा लगाउने अरु पनि थिए? अथवा धवलागिरी अञ्चलमै उहाँ जस्ता सामाजिक सेवामा समर्पित कोही थिए? अथवा भीर, पहरा, चट्टान खन्तीले खनेर आधुनिक  स्तरको कुलो निर्माण गर्न चट्टान झै दृढ रहने अन्त कतै कोहि थिए ? उहाँलाई के कुराले फलेवासमा सिंचाइ हुनुपर्छ भनेर प्रेरणा प्रदान ग¥यो? उहाँले आफ्नो जीवनको महत्वपूर्ण अध्याय जोगीको भिर पहरामा गहतको झोलसंग विताउनुभयो । को को  थिए होलान उहाँलाई पहाड झै दर्विलो, गर्विलो साथ दिने ? कसले दिएथ्यो  ? होला सरसल्लाह ।

अहिले उनिहरु जीवित छन् वा स्वर्गवासी भइसके ? उहाँले एक्लै गरेको भए उहाँमा एक्लै भए पनि गरेरै छाड्ने हिम्मत आटँ कसरी आयो ? वास्तवमै विसे पन्तको बारेमा घोरिएर सोच्ने मान्छे कोहि थिए वा अहिले पनि वाँकी छन् ? अब के फलेवासमा साच्चिकै विसे पन्तको बारेमा चर्चा, परिचर्चा, टिका टिप्पणी, बहस, छलफल चलाउने कुनै बौद्धिक समुदाय छ ? अथवा के विसे पन्तका सैंसाथी, एउटै हारिका वा उहाँलाई राम्ररी चीनजानेका कोहि बाँकी रहेका छन ? अथवा के करोडौं रुपैयाको नहर आइसकेपछि विसे पन्त अब संझना गर्न लायक रहनुभएन ? उहाँ को हो ? र फलेवासमा आएर उहाले के के गर्नुभयो ? के अब कुनै पिंढी बाँकी छ जसले उहाँको बारेमा यस्ता कुराहरु स्मरण गरोस ? उहाँलाई चीन्ने जान्ने अब एउटा सानो वृद्धावस्थाको पिंढी बाँकी रहेको छ कि वा उनिहरुले पनि विर्सिदै गए ?

वास्तवमा विसे पन्तको बारेमा पीएच.डी थेसिस वा स्थानीय स्तरमै वा कुनै निस्पक्ष निकायबाट अनुसन्धान हुनुपर्ने देखिन्छ ।  फलेवासको कमलो, नरम माटोमा जन्मिनु भएका विसे पन्त फलेवासवासी जनताका लागि चारमाने दुहुनो गाई सरहको हुनुहुन्थ्यो । त्यसै गरि भवानी शर्मा, कप्तान रघुवीर श्रेष्ठ, विकाश गौचन, यज्ञप्रसाद लम्साल पनि चारमाने दुहुनो गाई सरहकै हुनुहुन्छ । अनि के त्यसै गरि अहिले सतहमा देखिएका केहि अगुवा समाजसेवि पनि चारमाने हुन ? उतिबेलाको उप्ठेरो अवस्थाका सामाजीक कार्यकर्ता (समाजसेवि) र अहिलेका हालसालको सहजअवस्थाका समाजसेवि बराबर त कसरी हुन सक्लान र ? अहिले एन.जी.ओ ९ल्न्इ० र आइ.एन.जी.ओ ९क्ष्ल्न्इ० ले घर घरै गाउँ टोल जताततै राष्ट्रभरि साम्राज्य फैलाएको छ ।

उतिबेला यस्ता एन.जी.ओ र आइ.एन.जी.ओ को कल्पना पनि हुन सक्तैनथ्यो । तैपनि अहिले सतहमा देखिएका कतिपय अगुवा समाजसेवि लुसो, लुसो ४ माने नै हुन । उनिहरु ढकढकाएका ४ माने हुन पनि सक्छन् । तर त्यसको लागि ठोकुवा गर्न केहि समय पर्खेर हेनुपर्ने हुन्छ । तर यहाँ अहिले फलेवासमा रिटायर्ण लाइफ विताउनेहरुको दैनिक जीवन यापन वा उँहाहरु रिटायण भई सकेपछि समाजमा पु¥याएको योगदानको बारेमा व्याख्या विश्लेषण गर्न खोजीएको होइन । त्यो बेग्लै विषय हो । र त्यसरीनै फलेवासका सामाजिक कार्यकर्ताहरुको बारेमा पनि यहाँ उल्लेख गर्न खोजीएको होइन । यहाँ त विशेष गरेर विसे पन्तको बारेमा मात्र सामान्य परिचय गराउन खोजीएको हो । त्यस कारण विसे पन्तकै बारेमा मात्र सामान्य चर्चा गरिएको हो ।

कुनै पनि समाजलाई प्रभुत्वशाली वर्गको विचारधाराले कज्याएको हुन्छ । के विसे पन्तलाई पनि प्रभुत्वशाली वर्गको विचारधाराले कज्याएको थियो ? अथवा के उहाँ स्वयम प्रभुत्व शाली वर्गको हुनुहुन्थ्यो ? उहाँको श्रीमतीको दैनिक जीवन यापन जसरि नीम्नस्तरमा वितेको र आम निर्वाचनको समयमा (वि.स.२०५६ जेठ ३ गते) जुन हृदय विदारक हत्या भयो र जसरि अन्त्येष्टि गरियो त्यसले पनि पुष्टि गर्दैन कि उहाँ पुजिपति वा सम्पन्नशाली वर्गका हुनुहुन्थ्यो । वास्तवमा उहाँकी श्रीमती “पन्थीनी बुढि” को मृत्यु हिन्दीमा “कुत्ते की मौत मारा गया” भनिए झै मारिनु भएको थियो ।

यति महान व्यक्तिको श्रीमतीको  मरण “कुकूर मरण” किन भयो ? उहाँको मरण वा हत्या कसरी भयो? हत्या वा मृत्यु भवितव्य थियो कि कर्तव्य ? अनि हामीले उहाँप्रतिको जिम्मेवारी कसरी पुरा ग¥यौ ? ग¥यौ कि गरेनौ ? हत्यरालाई कारबाही भयो कि भएन ? केहि विस्तृत चर्चा गर्नुपर्ने देखिन्छ ।     भनिन्छ विसे पन्तकि तीनवटी श्रीमती हुनुहुन्थ्यो । जनता मा.वि. मतदान केन्द्रमा गोलि लागेर त्यसरी निधन हुनु भएकी जेठि, माहिली, कान्छी मध्ये कुनचाँही हुनुहुन्थ्यो ?लेखकलाई जानकारीमा छैन । तर कसै कसैले उहाँ कान्छी हो भनेको सुनिन्छ ।
जनता मा.वि. मतदान केन्द्रमा विसे पन्तकी श्रीमतीलाई गोलि लागेपछि हालसालमा बेलायतमा बस्दै आउनु भएका फलेवास देविस्थान–५ निवासि रामसिंह घलेले तत्काल प्राथमिक उपचारको लागि तारा मेडिकल हलमा पुराउनु भएको थियो । तर सामान्य उपचार पनि हुन नपाई उहाँको निधन भएको थियो । मतदान केन्द्रमा निवार्चन पर्यवेक्षण गर्न आएका “नियोक”समेत अन्य कुनै पनि संस्थाले उहाँको मृत्युतर्फ ध्यान दिएको पाइएको होइन । हालको “कार्टर सेण्टर” भने उतिबेला थिएन । सायद यसको स्थापना वा गठन भैसकेको थिएन कि त्यतिबेला ।

वि.स. २०५६ वैशाख १० गतेका दिन राहालेमा मनकामना नाइ एन एडी आइं  को हेलीकोप्टर बसेको थियो । यसमा डिआइजी समेत अन्य ५–६ जना जति थिए । विशेष गरेर चुनाव र “वामपन्थी” लाई मध्येनजर गर्दै स्थानीय प्रहरि चौकिलाई २५ मिनेट जति गोप्य सल्लाह दिइएको कुरा स्थानीयवासीको भनाई रहेको थियो । यो हेलीकोप्टर अपरान्ह ४ः०५ बजेबाट ४ः३५ बजेसम्म करिब ३० मिनेट जति रोकिएको थियो । भुसालचौरमा हेलीकोप्टर बसेको यो पहिलो पटक थियो भने दोस्रो पटक वि.स. २०७० कार्तिक २९ गते बसेको थियो ।

आम निर्वाचन वि.स. २०५६ (जेठ ३ गते दोस्रो चरणमा भएको) मा भएको जनता मा.वि. मतदान केन्द्रमा कंग्रेसबाट बुथ क्याप्चर भयो । र हरि प्रसाद भुसालले तेजाव वा सलाइका काटीको बारुद जस्तो विस्फोटक पदार्थ झोलामा बोकेर हिडेको अवस्थामा मिमे भन्ने एकजना मतदाताले हेरौ भनेर निकालेपछि “लौ बम बम” भनेर हल्लीखल्ली मच्चियो र वातावरण उत्तेजित हुन पुग्यो । त्यसपछि उक्त वोतलमा भएको विस्फोटक पदार्थलाई निस्क्रिय पार्ने क्रममा २ राउण्ड गोलि असई (रामचन्द्र ढकाल) ले हानेपछि निस्क्रिय हुनपुग्यो । यस अवस्थामा “भागदौड मच्चिदा कुखुरा पाल्ने गरेको टिनको खोरमा टाउको ठोकिन पुगेपछि विसे पन्तकी श्रीमती “पन्थीनी बुढी” भन्नेलाई उपचारको लागि तारा मेडिकल हलमा ल्याई उपचार हुदा हुदै मृत्यु हुन पुग्यो । ”

– राजेन्द्रको भनाई रहेको थियो । “हरिको झोलाबाट बोतल खोसेर हरिलाई नै हान्न खोज्दा पन्थीनी बुढिलाई लाग्यो” भोलानाथको भनाइ रहेको थियो । “बोतललाई निस्क्रिय पार्न डिल्लीराज शर्माका अंगरक्षक असई रामचन्द्र ढकालले गोलि हान्दा उछिट्टिएर वा नियतवस नै रमेस श्रेष्ठलाई हान्न खोज्दा पन्थीनी बुढिलाई कञ्चटमा गोलि लागि उपचारको लागि तारा मेडिकल हलमा ल्याएपछि मृत्यु हुन पुग्यो”– बौद्धिक क्षेत्रको चर्चा थियो । यहि अन्तिम भनाइ नै सहि हो कि जस्तो देखिन्छ । किनभने चुनावको अघिल्लो दिन सर्वदलीय बैठकमा असईले आफु माओवादी प्रभावित क्षेत्र गोरखामा पनि काम गरि सकेको हुनाले आफुलाई कुनै डर नरहेको कुरा बताएका हुनाले र निर्वाचनभन्दा अगाडि वि.स. २०५६÷०१÷१० गतेका दिन डि.आई. जी सहितको हेलीकोप्टर देविस्थानको प्रहरि चौकिमा आई चौकि परिवारलाई करिब २५ मिनेट जति “गोप्य निर्देशन” दिनुले यस किसिमको घटना हुनसक्ने शंकालाई बल मिलेको थियो ।

स्थानीय चुनावमा यसै मतदान केन्द्रमा एमालेले बुथ क्याप्चर  गरेपछि कंग्रेसहरु बुथ छोडेर भाग्नु परेको थियो । र सो कुरा कंग्रेसले विर्सेको थिएन । बदला लिने उपयुक्त अवसरको खोजीमा थियो क्रंगेस । त्यसको लागि यस आम निर्वाचनमा हरेक उम्मेदवारले  नीजि खर्चमा सुरक्षा कर्मी राख्न पाउने व्यवस्था भए अनुसार उक्त असईलाई स्व. डिल्लीराज शर्माले निजी सुरक्षा गार्डको रुपमा राख्नु भएको थियो । प्रत्यक्षदर्शी नारन् प्रसाद भुसालका अनुसार आम चुनाव (२०५६ जेठ ३ गते) मा पर्वत क्षेत्र नं. २ का तत्कालीन उम्मेदवार डिल्लीराज शर्माका निजी अंगरक्षक असई रामचन्द्र ढकालले ग्यासको बोतलमा गोली ठोकेपछि निज नारान प्रसाद भुसालको नजिकै रहेकी विसे पन्तकी श्रीमतीलाई उछिट्टीएर गोली लागेको हो ।

त्यो बेला विसे पन्तकी श्रीमती त्यहाँ उनको नजिकै नभएको भए उक्त गोलि मलाई लाग्थ्यो भनेर भनेका थिए । उनले अर्थात नारान् प्रसाद भुसालले असईको मौकाको (त्यो बेलाको) बुद्धिलाई धिक्कार्दै तत्काल भनेका थिए रे– “होइ होइ तिम्रो वुद्धि ! उतापट्टि खोल्सातिर लगेर त्यो बोतलको एसिड पोखिदिएको भए त्यो घटना घट्ने नै थिएन ।” हरिप्रसाद भुसाललाई आक्रमण गर्न खोजेपछि उनि भीरभीरै फाल हाल्दै तुलसी बगरको पुल तरेर वाग्लुङ जिल्ला विनः मारे गा.वि.स. हुदै ज्यामीरघाटको पुल तरेर पुनः घर फर्केका थिए भने भोलानाथ लुकिछिपी खानीगाउँ पुगेर घर फर्केका थिए भनिन्छ ।

यस मतदान केन्द्रमा निर्वाचन पर्यवेक्षण गर्न “नियोक” भन्ने संस्थाबाट एकजना निर्वाचन पर्यवेक्षक ९भ्भिअतष्यल यदकभचखभच० पनि आएका थिए । तर उनको कुनै किसिमको भुमिका देखा परेको होइन । यस मतदान केन्द्रको १,२,३, वार्डको बुथमा एकजना मतदाता १० वर्ष जतिका र अर्का एकजना ९ वर्ष जतिका थिए ।

अन्त्यमा, विसे पन्तको बारेमा २–४ पान्नामा वा १–२ वटा लेखमा पुरै जानकारी प्राप्त हुन सक्तैन । उहाँका बारेमा माथि नै उल्लेख गरि सकियो कि अनुसन्धान नै हुनुपर्छ । उहाँ महान इन्जिनियर हुनुहुन्थ्यो ।  उहाँले तत्कालीन समय (वि.१९८७–२०११) मा  कुनै यन्त्र विना नै विशाल आधुनिक स्तरको कुलाको निमार्ण गरि लमाए खोलाको पानी फलेवासमा ल्याउनु भएको थियो । उहाँले फलेवासवासीको लागि जे जति काम गर्नुभयो त्यस आधारमा उहालाई क्या वात विसे पन्तज्यू !

नभनि रहन सक्तैनौ । र यो पनि भन्न पर्नै हुन्छ सयौ हजारौ फलेवासवासी जनताको तपाइलाई अभिनन्दन । लाख लाख बाँच्नुहोस । लमाए खोलामा पानी र फलेवासमा फाँट रहदासम्म चाहेर पनि तपाईलाई कसैले विर्सिन सक्ने छैन । स्वर्ग कतै छ भने त्यसको हकदार तपाई हो । तपाई  आफ्नी जहानसँग सगै स्र्वगमा रहनुहोस । यदि तपाईहरुलाई अहिलेसम्म स्र्वग पुग्नबाट कहि कतै रोकावट भएको छ भने चिनाचिर्कटो वा बहिखाता समातेर बस्नुभएका चीत्र गुप्तसंग मैले साह्रा फलेवासवासीको तर्फवाट यही बिन्ती विसाउछु कि तपाइहरु दुवै जनालाई स्वर्ग को एउटा छेउमा वास बस्न दिईयोस ।
द्रस्टव्य:
१) स्वर्गीय विसे पन्तको फोटो उपलब्ध गराएर सहयोग गरिदिनु हुने सह –प्राध्यापक जगन्नाथ प्रसाद लम्साल ज्यूलाई धन्यवाद ।
२) विसे पन्तको सामाजिक क्रियाकलाप बारे जानकारी गराइदिनुहुने भुवानी प्रसाद श्रेष्ठ ज्यूलाई धन्यवाद ।
३) विसे पन्तको व्यक्तिगत र पारिवारीक जीवनी बारे जानकारी दिएर सहयोग पुराउनु हुने
हरिप्रसाद श्रेष्ठ ज्यूलाई धन्यवाद ।
४) आम चुनावको बेलामा घटना बारे जानकारी गराएर सहयोग पुराउनु हुने नारान् प्रसाद भुसाल ज्यू लाई  धन्यवाद ।
५) यो लेख टाइप गरेर सहयोग पुराउनु हुने नमूना कम्प्युटर सेन्टर देविस्थान –८ राहालेका प्रोपाइटर रामप्रसाद सुवेदी ज्यू लाई धन्यवाद ।
६) अन्य जो जो, ज जसले विभिन्न तवरले यो लेख तयार पार्न सहयोग पुराउनु भयो उहाँहरु सवैलाई धन्वाद ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article विसे पन्त, लमाए खोला र फलेवासवासी जनता
Next Article लिफ्ट सिँचाई आयोजना निर्माण कार्य सुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMताप्लेजुङ्ग - TPLसमाज

रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

57 years ago
काठमाडौँ - KTMकास्की - KSKसमाज

कास्कीको पामे नजिकै एभिया क्लबको जहाज दुर्घटना, रसियन पाइलटको मृत्यु

57 years ago
समाज

रत्नपार्क–सूर्यविनायक सडकमा किन पोतियो रातो ?

57 years ago

कालाकाटेको महायज्ञमा दान रकममा बृद्धि   

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?