२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कालाकाटेको महायज्ञमा दान रकममा बृद्धि   

२०७२, ११ भाद्र शुक्रबार ०२:५७

सन्तोषकुमार गुप्ता / भदौ ११, भालुवाङ्ग । बन्द हड्तालका समय समेत आयोजना गरिएको शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको चौथो दिन बुधबार उत्साहजन भक्तजनहरुको उपस्थीत संगै दान रकम संकलनमा समेत बृद्धि हुन थालेको छ ।

जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजनामा शुरु भएको महायज्ञको चौथो दिन मात्र ६१ हजार ५ सय ९३ नगद दान रकम जम्मा भएको श्रीमद्भागवत मूल समारोह समितीका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बासुदेव बेल्बासेले जानकारी दिए । घोषणा गरेको रकम सहित भने १ लाख बढी नै संकलन भएको बेल्बासेले बताए । त्यस्तै बुधबार मात्रै ३ क्वीन्टल चामल र ३० लिटर तेल समेत दान भएको आर्थिक समितीका संयोजक भानु जिएमले जानकारी दिए । आईतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको महायज्ञमा अहिले सम्म नगद ९३ हजार ६ सय २३ रुपैयाँ संकलन भएको र घोषणा गरिएको रकम सहित भने २ लाख बढी नै दान रकम संकलन भएको आर्थिक समिती संयोजक जिएमले बताए । यस महायज्ञ सम्म आउने दानदाता र श्रदालुभक्तजन धेरैको संख्यामा भएको भए पनि बन्द हड्तालका कारण उहाँहरु आउन नपाउँदा दान रकम संकलनमा कमी आएको जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि सुवेदीले बताए । उहाँहरुलाई यस महायज्ञ सम्म ल्याउनका लागि समेत तयारी भईरहेको सुवेदीको भनाई छ ।

महायज्ञमा देउखुरीका विभिन्न स्थान र छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र कपिलबस्तु सहित अन्य जिल्लाहरुबाट आउने जानकारी पाए पनि बन्दहड्तालका कारण ल्याउन नसकिएको अध्यक्ष सुवेदीले बताए । दानदाता र श्रदालुभक्तजनहरुलाई निर्वाध रुपमा महायज्ञ सम्म ल्याउन बन्दकर्ताहरु संग छलफल भईरहेको समेत सुवेदीले जानकारी दिए । महायज्ञको चौथो दिन समेत सयौँ भक्तजनहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै