जेठ ४, काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ । उहाँ पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लाग्नुभएको हो । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गएका हुन् ।

निर्मल निवास स्रोतका अनुसार उहाँ करिब एक महिना बसाईको लागि थाइल्याण्ड जान लाग्नुभएको हो । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् । गएको फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्नुभएको ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लाग्नुभएको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।