तेइस कानुन राजपत्रमा प्रकाशित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

वैशाख ७ कञ्चनपुर | कृष्णपुर नगरपालिकाले आज २३ कानून राजपत्रमा प्रकाशन गरेको छ ।

राजपत्रमा पाँच ऐन, तीन नियमावली, १४ कार्यविधि र निर्देशिका तथा एक आचारसंहिता छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १०२ को उपधारा १ ले दिएको अधिकार प्रयोग गरी नगरसभाबाट निर्माण गरिएका ऐन, उपधारा २ बमोजिमको अधिकार प्रयोग गरी नगर कार्यपालिकाको बैठकबाट निर्माण गरी पारित गरिएका निर्देशिका, कार्यविधि र आचारसंहिता, सोही धाराको उपधारा ३ मा व्यवस्था भएबमोजिम ऐन, कार्यविधि, निर्देशिका र आचारसंहिता कानुनका रुपमा लागु गर्नका लागि स्थानीय राजपत्र प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था भएको नगर प्रमुख कर्णबहादुर हमालले बताउनुभयो ।

राजपत्रको भाग–१ मा प्रकाशन भएका ऐनमा कृष्णपुर नगरपालिकाको आर्थिक ऐन २०७४, स्थानीय तहको विनियोजित ऐन २०७४, आर्थिक कार्यविधि ऐन २०७४, प्रशासकीय कार्यविधि ऐन २०७४ र सहकारी ऐन २०७४ छन् । भाग–२ मा नगर कार्यपालिका कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिका कार्य विभाजन नियमावली २०७४ र नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली, २०७४ छन् ।

राजपत्रको भाग–३ मा स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, नगर कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, आधारभूत तहको परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि २०७४, मर्मतसम्भार कार्यविधि २०७४, ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधि २०७४, उपभोक्ता समितिको गठन, सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७४ प्रकाशन गरिएका छन् ।

मदिरा बिक्रीवितरण, व्यवस्थापन तथा नियमन निर्देशिका २०७४, कार्यपालिकाअन्तर्गत समिति उपसमिति गठनसम्बन्धी कार्यविधि २०७४, टिपर तथा ट्रयाक्टर सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४, टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४, घ वर्गको निर्माण व्यवसायको इजाजतसम्बन्धी कार्यविधि २०७४, ब्याक हो लोडर सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४ राजपत्रमा प्रकाशन गरिएका छन् ।

राजपत्रको भाग–४ मा नगरपालिका पदाधिकारीहरुको आचारसंहिता २०७४ प्रकाशन गरिएको छ । नगरपालिकाको नियमित काम व्यवस्थित गर्न आवश्यक पर्ने नीतिनियम, निर्देशिका तथा कार्यविधि निर्माणका चरणमा छन् । कानुनहरु पनि छिट्टै तयार गरी छलफल गरेर पारित गरिने र राजपत्रमा प्रकाशन गर्दै लगिने नगर प्रमुख हमालले बताउनुभयो । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply