By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    1 hour ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    4 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    21 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    21 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मन्त्री मगरको पहलमा शहीद गौतमका तीन छोरी काठमाडौँमा भर्ना
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मन्त्री मगरको पहलमा शहीद गौतमका तीन छोरी काठमाडौँमा भर्ना
काठमाडौँ - KTMसमाज

मन्त्री मगरको पहलमा शहीद गौतमका तीन छोरी काठमाडौँमा भर्ना

साझासवाल
Last updated: May 19, 2019 4:53 pm
साझासवाल
3 Min Read
Share

प्रकाश सिलवाल,  जेठ ५, काठमाडौँ  । ‘यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमकी तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले भन्न नपाउँदै बालुवाटारस्थित मातृभूमि शिक्षा सदनकी कर्मचारी भावना खड्को मुखबाट निस्कियो, “भइहाल्छ नि हजुर, बालबालिका मेरा लागि प्राण हुन् ।” कुराकानी चल्दै गर्दा भावना ९भगवती० ले गौतमकी पाँच वर्षीय कान्छी छोरी आषिकालाई काख लिन थालेपछि मन्त्री मगरले “म फोटो खिचिदिन्छु” भनेर मोबाइल निकालेर फोटो खिच्नुभयो । विद्यालयमा भावनाको मुख्य जिम्मेवारी बालबालिकाको रेखदेख गर्नु हो ।

नेपाल–भारत सीमामा भएको भिडन्तमा २०७३ साल फागुन २६ गते भारतीय सुरक्षा बलको गोलीबाट मारिएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का ३४ वर्षीय शहीद गौतमका तीन छोरीलाई गौतमकी पत्नी लक्ष्मी गौतमको इच्छा र मन्त्री मगरको पहलमा सो शिक्षा सदनमा आज भर्ना गरिएको हो । जेठी छोरी १० वर्षीय आकृति र माइली आशुम गौतमलाई कक्षा ५ र कान्छी आषिकालाई युकेजीमा भर्ना गरिएको हो । आमा लक्ष्मी र तीन छोरीलाई हाल बानेश्वरस्थित एक आफन्तको घरमा बसोबासको प्रबन्ध गरिएको छ ।

तीन छोरीलाई उक्त विद्यालयमा भर्नापछि मन्त्री मगरले भन्नुभयो, “राज्यसत्ताको परिवर्तन र देशको मातृभूमिको रक्षाका लागि लड्दा ज्यान आहुति दिएर शहीद भएकालाई हामीले सम्मान गर्नुपर्छ । गौतमको आहुति आफँैमा राष्ट्रभक्तिका लागि एक प्रेरणा हो । उहाँका सन्तानको हेरचाहको जिम्मेवारी हाम्रो पनि हो ।” उहाँले तीन छोरीको उच्चशिक्षासम्मको व्यवस्था गर्न आफूहरुले जिम्मा लिने र गोविन्दकी श्रीमती लक्ष्मीलाई जागिर दिलाउने विषयमा पनि आफूहरु संवेदनशील रहेको बताउनुभयो ।

 विद्यालयका प्रबन्ध निर्देशक तारानाथ उप्रेतीले गौतमका छोरीहरुलाई मन्त्री मगरले सामाजिक जिम्मेवारी लिनुभएकाले उनीहरुलाई भर्ना गरिएको जानकारी दिनुभयो । उक्त शिक्षा सदनमा हाल २५० विद्यार्थी छन् । सरकारले गत वर्षबाट शुरु गरेको विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरुले सामुदायिक विद्यालयमा विद्यालयबाहिरका बालबालिकालाई अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री मगरले र उहाँको पार्टीले गौतमका छोरीहरुलाई उच्चशिक्षासम्मको शिक्षा र श्रीमती गौतमलाई रोजगारको जिम्मा लिने घोषणा गरेको थियो । सरकारले गौतमलाई शहीद घोषणा गरी परिवारलाई रु १० लाख उपलब्ध गराइसकेको छ ।

श्रीमती लक्ष्मीले रासससँग कुरा गर्दै गौतमको हत्या हुँदा कान्छी छोरी अढाई वर्षकी रहेको स्मरण गर्दै छोरीहरुलाई काठमाडौँ ल्याएर पढाउन पाएकामा सन्तोष व्यक्त गर्नुभयो । उहाँले आफूलाई सरकारले रोजगारी पनि दिएमा काठमाडौँमा गुजारा गर्न सक्ने अपेक्षा जनाउनुभयो । उहाँले सरकारबाट प्राप्त शहीद घोषणाबापतको रकममा थपेर आफूले जिल्लामा एक कट्ठा जग्गा किने पनि अन्य सम्पत्ति खासै नभएको जनाउनुभयो ।

कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षा बलको गोली प्रहारबाट गौतमको निधन भएपछि तीन छोरी जिल्लाकै सामुदायिक र निजी विद्यालयमा गरी अध्ययन गर्दै आएका थिए । गौतमको हत्यापछि तत्कालीन नेकपा ९एमाले०ले आयोजना गरेको मेची महाकाली अभियानको समापनका अवसरमा कञ्चनपुरमा आयोजित जनसभामा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मृतक परिवारलाई रु पाँच लाख दिने र छोराछोरी पढाइदिने वचन दिनुभएको थियो । नेताहरुले जिल्लाको आनन्दबजारमा गोविन्दको स्मृतिमा शालिक निर्माणको पनि वचन दिएअनुसार नगरपालिकाले काम शुरु गरेको छ । ९तस्बीर उपलब्ध छ ।०

Share This Article
Facebook Email Copy Link Print
Previous Article चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
Next Article प्रदेश २ का प्रमुखसँग राजदूतको भेटवार्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

एक लाखभन्दा चालक अनुमतिपत्र वितरण गर्न बाँकी

57 years ago
समाज

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेटमा क्षति, लाखौँको घाटा

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

२९ फागुनमा राष्ट्रपति निर्वाचन, कसैले बहुमत नल्याए पुनः मतदान

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?