2026-09-01 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

जेठ ५, भरतपुर । चितवनमा आज छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको  ना ६ ख ५९७१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–८ गोँगबुका ३० वर्षीय अनुप खड्काको मुत्यु भएको हो । गम्भीर घाइते खड्काको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आजै नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सत्रकिलोमा दुई मोटरसाइकल ठोक्किदा काठमाडौँ महानगरपालिका–५ का शेखर नगरकोटीको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढततर्फ आउँदै गरेको बा ६३ प १४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।

सडकमा पल्टिएको मोटरसाइकलमा सोही दिशाबाट आउँदै गरेको ग १३ प ८५९० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते नगरकोटीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बा ६३ प १४५८ नम्बरको मोटरसाइकलमा सवार सोलुखुम्बुको सल्लेरी नगरपालिका–७ का २५ वर्षीय सुशील घतानी घाइते भएका छन्  । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला