जेठ ७, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले मोडल खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।

ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए । ओलीले कटुवाललाई ३६ लाख रूपैयाँ पनि तिर्नुपर्ने पनि फैसलामा उल्लेख छ।

प्रहरी इन्काउन्टरमा मारिएका धादिङका दिनेश अधिकारी उर्फ 'चरी'सँगको प्रेम सम्बन्धका कारण यिनी पहिलेदेखि नै चर्चामा थिइन्। सन् २००६ को मिस टिन बनेपछि खुश्बुको गुण्डा नाइकेका रुपमा स्थापित चरीसँग निकट सम्बन्ध कायम भएको थियो ।

काठमाडौंको भीमढुंगामा २०७१ साल साउनमा प्रहरीको इन्काउन्टरमा चरी मारिएपछि खुश्बु बेलायत गएकी थिइन् ।