२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ मलका ११ पसलमा छापा, ८ पसललाई कारवाही (भिडियो सहित)

२०७६, ८ जेष्ठ बुधबार १६:२७

जेठ ८, काठमाडौँ | नियम बिपरित पसल संचालन गरेको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ मलका बिभिन्न ११ पसललमा अनुगमन गरेको छ | बिभागले अनुगमनका क्रममा ११ मध्ये ८ पसललाई तत्काल जरिवाना सहितको कारवाही गरेको छ | 


बिभागले अनुगमनका क्रममा पसलहरुले उपभोक्ता संरक्षण ऐन २०७५ को नियम बिपरित पसल संचालन गरेको, बिभागले अनुगमनका क्रममा माग गरे अनुसारको कागजात बुझाउन नसकेको, पछिल्लो समयको बिलबिजक देखाउन नसकेको, जारी गरेको बिलबिजक सरकारी नियम बिपरित भएको, प्यान तथा भ्याट बिल जारी नगरेको लगायतका कसुरहरु गरेको पाइएको छ | 


बिभागले छापा मार्ने क्रममा पसलहरुलाई सप्लायर्सहरुले नै स्टिमेट बिल मार्फत सामान पठाउने गरेको भेटिएको छ | बिभागले छापा हानेपछि कारवाहीमा परेका पसलहरुले आफूहरु भ्याटमा जाने तयारीमा रहेको भन्दै बहाना बनाएका थिए | अनुगमनका क्रममा फेसियल हाउसले इलेक्ट्रिक बिल जारी गर्न सुरु गरेको देखिएपनि त्यसमा प्यान नम्बर उल्लेख नगरेको र इस्टिमेट बिल जारी गर्ने गरेको भेटिएको छ | अनुगमनका क्रममा बिभागको टोलीले काठमाडौँ मलका चौथो र पाँचौं तलाका अधिकांश पसलहरुले जारी गर्ने गरेको स्टिमेट बिललाई कानुनी मान्यता दिन नसकिने भन्दै तत्काल जरीवाना रकम सहित माग गरिएका कागजात लिएर बिभाग आउन पत्र काटेको छ | 


काठमाडौँ मलका फेसियल हाउस एण्ड ब्युटी केयर, रश्मिलाज फेसियल हाउस, श्यामाज हर्वल (ब्युटी पार्लर), युलेक्स ब्युटी सलुन, स्किन केयर, भिन्टेज स्किन केयर, क्युट हब एण्ड स्पा र लक्ष्मी ब्युटी पार्लर कारवाहीमा परेका हुन् |   

बिभागका अनुसार कारवाहीमा परेका पसलहरुले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड 'घ' बमोजिम कसुर गरेका छन् | बिभागको पत्र अनुसार कारवाहीमा परेका पसलहरुले ७ दिन भित्र तत्काल कारवाहीमा तोकिएको जरिवाना बैंकमा जम्मा गर्न निर्देशन दिएको छ | साथै नियमानुसार पसल चलाउन चेतावनी दिएको छ |

के छ उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ मा ? 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा