Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साउदीमा अलपत्र जुम्लाका नौ जनाको उद्धार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २६, काठमाडौँ । </b>वैदेशिक रोजगारीका लागि साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिका– १ का नौजना अलपत्र परेका थिए। एक महिनापछि उनीहरूलाई उद्धार गरी आइतबार नेपाल फर्काइएको हो।<br></p><p>गुठीचौर गाउँपालिका– १ का वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता अनुप थापाको पहलमा उनीहरूको उद्धार गरिएको हो। गुठीचौर– १ का नीराजन थापा, डिलबहादुर रोकाय, शान्तबहादुर रोकाय, खडग रोकाय, लक्ष्मीबहादुर रोकाय, प्रताप लामा, एकराज ऐडी, आनन्द रोकाय र जनक बुढाको उद्धार गरिएको वडाध्यक्ष महताराले जानकारी दिए।</p><p>सुरुमा मासिक तलब एक हजार साउदी रियाल दिने भनिए पनि उता पुगेपछि आठ सय मात्रै दिने गरी काम गर्न बाध्य पारिएको पीडितहरूको गुनासो छ। त्यो पनि केही समयपछि पूरा तलब नदिएको बताइएको छ। उनीहरू नेपाल आएपछि ‘ब्लुग्यालेक्सी’ मेनपावर कम्पनीविरुद्ध उजुरी दिने तयारी भएको वडाध्यक्ष महताराले बताए।</p>