Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति उपराष्ट्रपति मर्माहत

२०७६, २८ असार शनिबार ०९:०२

असार २८, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको जनाउनुभएको छ । 

आज एक वक्तव्य जारी गर्दै उहाँले बाढी, पहिरो तथा डुबानबाट दर्जनौंको मृत्यु, बेपत्ता र घाइते हुनुका साथै हजारौँ नागरिक विस्थापित तथा यातायात अवरुद्ध हुँदा लाखौँ नागरिकको जनजीवन प्रभावित हुनु निकै दुखद् भएको बताउनुभएको छ । 

बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उपराष्ट्रपतिले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । बाढी, डुबान र पहिरोमा परी बेपत्ता भएकाको तत्काल खोजी गर्न, पीडितको यथाशीघ्र उद्धार र राहत दिलाउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले बाढी पहिरोबाट विस्थापितका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य उपचारको प्रबन्ध गर्न आग्रह गर्नुभएको छ । 

उपराष्ट्रपतिले पीडितको उद्धार र राहतको काममा सघाउन राजनीतिक पार्टी, विभिन्न सङ्घ संस्था, आम नेपाली जनता र युवापङ्क्तिलाई विशेष अपिल गर्नुभएको छ । उहाँले बाढी, डुबान र पहिरोको सम्भावित जोखिमप्रति सचेत रहन र पूर्वतयारी अपनाउन सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश