Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद

२०७६, २८ जेष्ठ मंगलवार १४:३१

जेठ २८, लमही । दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद फैसला गरिएको छ । घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला सुनाइएको हो ।

जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, रु एक लाख जरिवाना र पीडितलाई रु एक लाख ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । अदालतले जरिवाना स्वरूपको रु एक लाख पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपार्इंले जानकारी दिनुभयो । 

उक्त घटनाका अन्य आरोपित घोराही–१७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ । विसं २०७२ फागुन २७ गते साँझ पसलमै बसेका बेला रीतामाथि एसिड प्रहार गरिएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।

बालविवाह रोक्न प्रोत्साहन भत्ता

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि जन्मने हरेक छोरीहरुलाई प्रोत्साहन भत्ता दिने भएको छ । 

बढ्दो बालविवाहलाई रोक्न उपमहानगरपालिकाले ‘बिहेवारि बीस पारि‘ भन्ने नीति लिएको छ । 

सोही अनुरुप जन्मेदेखि २० वर्षसम्मका छोरीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने उपमहानगरपालिकाले निर्णय गरेको छ । उपमहानगरको आगामी नीति तथा कार्यक्रममा बालविवाह रोक्नका लागि छोरीहरुलाई भत्ता दिने निर्णय गरेको बताइएको छ । उपमहानगरका प्रमुख घनश्याम पाण्डेका अनुसार जन्मने हरेक छोरीको नाममा बैंकमा खाता खोलिनेछ र त्यहाँ हरेक महीना १०० रुपैँया जम्मा गरिनेछ । २० वर्षसम्म लगातार पैसा जम्मा हुनेछ । २० वर्षअगाडि कसैले विवाह गरेको पाइएमा उक्त पैसा उपमहानगरको खातामा नै जम्मा हुनेछ । 

नगरप्रमुख पाण्डेले बालविवाहलाई कानूनले रोके पनि व्यवहारमा नरोकिएका कारण बालविवाह न्यूनीकरणका लागि यस्तो कार्यक्रम ल्याउनु परेको बताउनुभयो । उहाँले यस प्रकारको कार्यक्रम अपेक्षित रुपमा सफल हुने पनि बताउनुभयो । 

उपमहानगरले लिएको यसखालको नीति तथा कार्यक्रमबारे यहाँका महिला अधिकारकर्मीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले यसलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि सुझावसमेत दिएका छन् । महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरीले यो नीति कार्यान्वयन भएमा बालविवाह न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । “यो पैसा दिने कुरा मात्र होइन, छोरीप्रतिको सम्मान हो”, उहाँले भन्नुभयो, “छोरीप्रतिको दायित्व राज्यले पनि लिएको भन्ने कुरा अभिभावकमा प्रेरेणा जाग्नेछ ।”

उपमहानगरले आगामी साउन १ गतेदेखि जन्मने हरेक बालिकाको नाममा बैंक खाता खोलेर यस्तो रकम जम्मा गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै