मालीमा अन्तरजातीय भिडन्तका क्रममा ४० को मृत्यु

साझासवाल
1 Min Read

फागुन ३ (रासस/एएफपी) । मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन् ।

द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरुको भनाई छ ।

ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको मृत्यु भएको थियो ।

गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को मृत्यु भएको थियो । सरकारी अधिकारीहरुले मृत्यु हुनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply