Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रको विकासमा टेवा पुर्याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति

२०७६, १५ फाल्गुन बिहीबार ०९:१७

नरेन्द्रसिंह कार्की, फागुन १५, दार्चुला (रासस) । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मालिकार्जुन मन्दिरमा पूजापाठका लागि आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको विकासका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास जरुरी रहेको बताउनुभएको छ । मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रको सातौँ धाम मालिकार्जुनमा पूजापाठ गर्दै यो क्षेत्र धार्मिक पर्यटन उर्वरभूमि भएको बताउनुभयो । जिल्लाको मात्र नभई राष्ट्रकै समृद्धिका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नुपर्नेमा उहाँको जोड थियो । 

“यस क्षेत्रमा रहेका अपि नाम्पा हिमाल, कैलाश मानसरोवर जाने मार्ग भएका कारण पनि यो क्षेत्र पर्यटकीय क्षेत्रको लागि उपयुक्त छ, पर्यटकीय हिसाबले यो क्षेत्रको विकासमा टेवा पु¥याउनुपर्छ”, उहाँले सम्बोधनमा भन्नुभयो, “यहाँ रहेका विकास निर्माणमा टेवा पुग्ने खालका गतिविधिलाई अघि बढाउनुपर्छ, मानसरोवर जाने मार्ग यही छ, यस क्षेत्रसम्म पहँुच पु¥याउन सबैले हातेमालो गराँै ।”

पहिलोपटक दार्चुला भ्रमण गर्न आउनुभएका राष्ट्रपति भण्डारीले भन्नुभयो, “यो जिल्ला त्रिदेशीय क्षेत्रमा पर्ने भएकाले पनि पर्यटनको हिसाबले राम्रो छ ।” यस क्षेत्रको सीमा व्यवस्थापनका लागि सरकारले काम गरिरहेको भन्दै उहाँले छिट्टै निकास आउने बताउनुभयो । विवादित सीमा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अझै पनि नागरिक सङ्गठित हुनुपर्ने उहाँको भनाइ थियो ।

 “यहाँका हिमाल, वनजङ्गल जोगाउन सक्यौँ भने पर्यापर्यटनमा टेवा पुग्छ”, उहाँले भन्नुभयो, “हाम्रो चुनौती भनेकै जलवायु परिवर्तन हो ।” यसका लागि यहाँका पर्यावरण संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “जलवायुलाई संरक्षणका लागि हिमाल बचाउनु जरुरी छ, दार्चुलामा विसं २०६७ मै घोषणा भएको अपि नाम्पा संरक्षण क्षेत्रलाई थप व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यहाँका प्राकृतिक सम्पादा संरक्षणका लागि अपि नाम्पा संरक्षण क्षेत्रलाई अझै प्रभावकारी बनाइनुपर्छ ।”

उहाँले यो क्षेत्रको विकासका लागि आफ्नो पदीय हिसाबले गर्नुपर्ने कामका लागि सहयोग गर्ने आश्वासन दिनुभयो । हेलिकोप्टरमार्फत दार्चुलाको मालिकार्जुन अवतरण हुनुभएका राष्ट्रपति भण्डारीले मालिकार्जुन मन्दिरमा गएर पूजापाठ गर्नुभयो । झण्डै १५ मिनेट मन्दिरमा पूजापाठ गरेपछि उहाँ नागरिक अभिनन्दनमा सरिक हुनुभयो । मालिकार्जुन मन्दिर जिल्लाकै एक प्रसिद्ध धार्मिक तीर्थस्थल हो । भगवान् शिवका १२ ज्योतिलिङ्गमध्ये दोस्रो ज्योर्तिलिङ्ग मालिकार्जुनलाई मानिन्छ । यो क्षेत्रमा दार्चुलाका साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्ने गर्छन् । 

विशेष शक्तिपीठको रुपमा रहेका कारण पनि मालिकार्जुनलाई सरकारले धार्मिक पर्यटकीय गन्तव्यको एक सय सूचीमा राखेको छ । सोहीअनुरुप अहिले सरकारले हरेक वर्ष मालिकार्जुनको धार्मिक पर्यटन विकासका लागि बजेटसमेत विनियोजन गर्ने गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा राष्ट्रपति भण्डारी दार्चुलाको धार्मिक तीर्थस्थल मालिकार्जुनमा गरेको भ्रमणले स्थानीयस्तरमा खुशीयाली छायो । हजाराँै सर्वसाधारणले भण्डारीलाई लामबद्ध भएर स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी र दार्चुलाबाट प्रतिनिधिसभाका सदस्य गणेशसिंह ठगुन्नाले स्वागत गर्दै नागरिक अभिनन्दनस्थलसम्म पु¥याउनुभयो । 

नागरिक अभिनन्दनस्थलमा मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधिसभा सदस्य ठगुन्नाले मन्तव्य राख्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष धामीले गाउँपालिकाका तर्फबाट राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन हस्तान्तरण गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ