By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    7 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    8 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोरोनाको आतंककै बीच ३६ जनामा डेंगु भेटियो, लक्षण के-के, कसरी बच्ने ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोरोनाको आतंककै बीच ३६ जनामा डेंगु भेटियो, लक्षण के-के, कसरी बच्ने ?
काठमाडौँ - KTMसमाज

कोरोनाको आतंककै बीच ३६ जनामा डेंगु भेटियो, लक्षण के-के, कसरी बच्ने ?

साझासवाल
Last updated: March 15, 2020 9:15 am
साझासवाल
5 Min Read
Share

चैत २, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाको कारण नेपालमा पनि त्यसले भयावह रुप लिन सक्ने आशंकाकै बीच ३६ जनामा डेंगुका विरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेंगुका विरामी भेटिएका हुन् ।

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक हो डेंगु । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । यो रोगका प्राय लक्षण अहिले फैलिरहेको कोरोना भाइरसको लक्षणसंग पनि मिल्दो जुल्दो हुने हुनाले मानिसहरु यसको संक्रमणले थप आत्तिन सक्ने देखिएको छ । गत बर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने ६० जिल्लामा यसले प्रभाव पारेको थियो । 

डेंगुले घातक रुप लिँदा शरीरभित्र रक्तस्राव हुने र बिरामीको मृत्युसम्मको डर हुन्छ । डेंगु लागेमा मानिसको सेता रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् । यस्तो अवस्थामा अन्य रोगले समेत मानिसलाई सहजै आक्रमण गरि मृत्युको मुखमा पुर्याउन सक्छ । 

गत बर्ष ६० जिल्लामा फैलिएको डेंगु अहिले कोरोनाको संक्रमण संगै फैलिए यसले धेरैको मृत्यु हुन सक्ने देखिएको छ । डेंगु लागेकाहरुलाई कोरोना संक्रमण भए बचाउन थप जटिल हुन्छ किनकि कोरोना भाइरसले बृद्ध र दिर्घरोगि वा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बढी मारेको तथ्य बाहिरिएको अवस्थामा डेंगु नियन्त्रणमा थप सतर्कता अपनाउनु पर्ने देखिएको छ । 

सामान्य डेंगु भएको अवस्थामा ज्वरो आउँछ र उक्त ज्वरो नियन्त्रण गर्न सकिएन भने हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुन्छ र त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । 

यस पटक कोरोना भाइरसको समेत उस्तै प्रकृतिको लक्षण हुने हुनाले कुनै पनि अवस्थामा चिकित्सकलाई आफ्नो स्वास्थ्य चेक-जाँच गराउन उपयुक्त हुन्छ । जसबाट समयमै आफूलाई कुन खालको समस्या देखिएको भन्ने थाहा हुने र समयमै उपचार गरे निको पार्न सकिने हुन्छ । खासमा कोरोना जस्तै डेंगुको पनि कुनै उपचार छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहनुपर्ने हुन्छ । जसबाट डेंगुको संक्रमणबाट हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

डेंगु हुँदा तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आउँछ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्म पुग्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिन्छ । त्यस्तै नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छन् ।

डेंगु  लाग्नबाट बच्नको लागि लामखुट्टेबाट बच्नुपर्छ । पानी जमेका खाल्डा-खुल्डी पुर्ने, कतै पानी जमेको छ भने जम्न नदिने, पानी भएको भाडा, गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जमेको छ भने त्यसमा लामखुट्टेको वृद्धि हुन्छ । त्यसैले त्यस्तो स्थानमा पानी जम्न दिनु हुँदैन । साथै पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । लामखुट्टेको नियन्त्रणनै डेंगुको नियन्त्रणको पहिलो प्रयास हो । 

डेंगु लाग्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने हुँदा दिउँसोको समयमा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सुत्दा झुल प्रयोग गर्नुपर्छ । त्यस्तै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि सुताउने क्रममा झुलभित्र सुताउनुपर्छ । 

याद राख्नुपर्ने कुरा के पनि छ भने, एकपटक एक प्रकारको डेंगु लागेको व्यक्तिलाई जीवनभर त्यहि प्रकारको डेंगु लाग्दैन । तर अन्य थप खतरनाक प्रकारको डेंगु लाग्न सक्छ । 

विश्व स्वास्थ्य संगठनको (डब्लुएचओ) अनुसार, विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ ।

डब्लुएचओका अनुसार प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणले मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ । यसको कुनै उपचार छैन, त्यसैले पनि यसबाट बच्न र सतर्कता अपनाउन आवश्यक छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article इटालीमा कोराना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १,४४१ पुग्यो
Next Article प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगाररोल्पा - RLP

रोल्पामा वैदेशिक रोजगारीबाट दर्जनौँ शव फर्कन्छन्

57 years ago
काठमाडौँ - KTMराजनीति

दोस्रो निर्वाचन दिवस भव्यताका साथ मनाईँदै

57 years ago
कैलाली - KLLसमाज

कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सन्राइज बैंकका ग्राहकले स्वास्थ्य उपाचर गराउँदा २० प्रतिशत छुट पाउने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?